सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो, फाइनान्स समूह चम्कियो
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। यस दिन कुल कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ, जुन पछिल्लो एक महिनायताकै उच्च हो।
बजार खुलेदेखि नै उकालो लागेको नेप्से ११:५७ बजे २६६२ अंकसम्म पुगे पनि त्यसपछि भने सो स्तर कायम राख्न सकेन। दिनभर उतार–चढाव देखिए पनि अन्त्यमा बजार हरियो अंकमै बन्द भयो।
कारोबारमा सहभागी १४८ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार उल्लेखनीय वृद्धि देखिएको हो।
समूहतर्फ हेर्दा फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूह २.८७ प्रतिशतले बढेर सबैभन्दा अगाडि रह्यो। अघिल्लो दिन सबैभन्दा बढी बढेको उत्पादन तथा प्रशोधन समूह भने मंगलबार ०.५१ प्रतिशतले घट्यो। होटल तथा पर्यटन समूह पनि ०.२३ प्रतिशतले ओरालो लाग्यो।
अन्य समूहहरूमध्ये बैंकिङ ०.४३, विकास बैंक ०.७९, हाइड्रोपावर ०.१३, लगानी ०.३२, जीवन बीमा ०.०४, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा ०.१२, अन्य ०.७७ र व्यापार समूह ०.५४ प्रतिशतले बढे।
व्यक्तिगत कम्पनीतर्फ जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो। थ्रीस्टार हाइड्रोपावर ९.५४, जानाकी फाइनान्स ५.८३, गुडविल फाइनान्स ५.४६ र एसवाई प्यानल ५.४३ प्रतिशतले उकालो लागे।
घट्ने कम्पनीतर्फ रुरु जलविद्युतको मूल्य ८.४१ प्रतिशतले सबैभन्दा धेरै घट्यो। त्यस्तै ट्रेड टावर ६.२६, सान्भी इनर्जी ५.६१, बन्दीपुर केबुलकार ५.४२ र श्रीनगर एग्रिटेक कम्पनी ५.१६ प्रतिशतले घटे।
यस दिन सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स रहेका छन्।
Comments
अरु समाचार
-
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा
काठमाडौं । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको...
-
सावधानी अपनाउन नसक्दा आगलागीको घटनामा वृद्धि: प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर...
-
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले...
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ...
-
सर्वोच्चको आदेश: नदी–कोरिडोर र २० मिटर सीमाबारे एक साताभित्र ९ बुँदे विवरण पेश गर्न सरकारलाई निर्देशन
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, कोरिडोर, तटबन्ध र नदी किनारको...
-
‘संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र...
-
निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रियसभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको...
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, काठमाडौंको न्यूनतम तापक्रम बिहान पौने ६ बजे ३.३ डिग्री
काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जसका कारण तराईका धेरै स्थानमा आज बिहान हुस्सु र कुहिरो...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...












