ताजा समाचार

ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।

बालेनको सचिवालयका एक सदस्यका अनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले उनले राजीनामा दिने निर्णय गरेका हुन्। सचिवालय स्रोतले राजीनामा माघ ५ गते नै आउने दाबी गरेको छ।

राजीनामापछि बालेन शाह निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहेको पनि स्रोतले जनाएको छ। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट प्रतिस्पर्धा गर्ने विषयमा छलफलमा रहेको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org