नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा : एनजीसीसीआई
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जित्दै आएको उल्लेख गरेका छन् । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) को ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यवसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
मन्त्री सिन्हाले स्वदेश तथा युरोपेली मुलुकहरूमा व्यापार, लगानी, आर्थिक सम्बन्ध प्रवद्र्धन, व्यापार मेला आयोजना तथा नेपाली उद्यमीहरूलाई नवीन सोचसहित अन्तर्राष्ट्रिय बजारमा जोड्ने कार्यमा एनजीसीसीआईले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । साथै, वरिष्ठ कलाकार श्री किरण मानन्धर तथा अन्य ११ जना कलाकारद्वारा प्रस्तुत कला तथा चित्रकलाले नेपालको कला, संस्कृति र प्रकृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनले विशेष सराहना व्यक्त गरे । कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत महामहिम उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यापारिक सहकार्यलाई अझ विस्तार गर्न आफू उत्साहित रहेको बताए । उनले दुई देशबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले स्वतन्त्र, पारदर्शी तथा स्वस्थ व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले निजी क्षेत्रको सक्रिय सहभागिताबिना दिगो आर्थिक विकास सम्भव नहुने उल्लेख गरे ।
एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु अपरिहार्य रहेकोमा जोड दिए । “नेपाललाई न्यूनतम सात लाख मेट्रिक टन युरिया मल आवश्यक छ, तर हाल तीन लाख मेट्रिक टन पनि आयात गर्न सकेका छैनौँ,” उनले भने । उनले जर्मनीको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नेपालमा मल कारखाना स्थापना गर्ने प्रस्ताव लगानी बोर्डमा पेस भइसकेको जानकारी दिँदै यसलाई सबै सरोकारवालाले मिलेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औल्याए ।
यसैबीच, नेपाल–जर्मन उद्योग वाणिज्य संघको ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज काठमाडौंस्थित ¥याडिसन होटलमा प्रत्यक्ष कला तथा चित्रकला सत्रहरू आयोजना गरिएका छन्, जसले प्रतिष्ठित सभाहरूमा जीवन्त सांस्कृतिक आयाम थपेको छ । कार्यक्रमको औपचारिक उद्घाटन एनजीसीसीआईका संस्थापक अध्यक्ष दिव्य मणि राजभण्डारीले गरेका थिए ।
उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै उनले वरिष्ठ कलाकार किरण मानन्धरको नेतृत्वमा सहभागी कलाकारहरूको टोलीद्वारा प्रस्तुत सिर्जनशीलता र नवप्रवर्तनको उच्च प्रशंसा गरे । कला नेपालको समृद्ध संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणका साथै देशको पहिचान र सफ्ट पावर लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम भएको उनको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरले नेपाल तथा विदेशबाट सहभागी युवा तथा वरिष्ठ कलाकारहरूले सिर्जना गरेका उत्कृष्ट कलाकृतिहरूको प्रशंसा गरे । यस्ता कला गतिविधिहरूले कलात्मक उत्कृष्टता र अन्तरसांस्कृतिक समझदारी विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउँदै उनले उदीयमान प्रतिभाहरूलाई स्थापित कलाकार र विभिन्न क्षेत्रका दर्शकहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नु आवश्यक रहेकोमा जोड दिए ।
¥याडिसन होटल परिसरमा ११ जना कलाकारद्वारा प्रत्यक्ष कला तथा चित्रकला प्रदर्शन भएको थियो। कार्यक्रममा एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरको उपस्थितिले आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यको व्यापक दृष्टिकोणमा कला, संस्कृति तथा सृजनात्मक उद्योगलाई समावेश गर्ने संघको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











