कांग्रेस आधिकारिकतासम्बन्धी निर्णयमा आयोगको निष्पक्षतामाथि प्रश्न, चोलेन्द्रको चलखेल भएको आरोप
काठमाडौं । निर्वाचन आयोगले गगन थापा समूहको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि ठूलो राजनीतिक हलचल भएको छ । यस निर्णयको पक्ष र विपक्षमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । देउवा पक्षलाई आधिकारिकता नदिइ गगन पक्षलाई आधिकारिक निणर्य गराउनुमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गोटी चालेको बुझिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय आयोगका पदाधिकारीबाट भएपनि यसविरुद्ध धेरै टिकाटिप्पणी भएका हुन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रलाई २०७८ साल फागुन १ गते २१ बुँदे आधार र कारणहरु समेट्दै मआअभियोग दर्ता गरिएको थियो । माओवमादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धनमा त्यसबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । आफूमाथि तत्कालीन सरकारमा रहेका दलहरुले महाअभियोग दर्ता गरेपछि देउवासँग चोलेन्द्रको सम्बन्ध बिग्रिएको थियो । मौका पाए कहिँ कतैबाट इगो साँध्न पछि पर्दैन थिए । त्यसैको परिणाम हो अहिले देउवा पक्षको कांग्रेसलाई आधिकारिकता नदिनु ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर जबराले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापालाई आधिकारिक दिने घोषणा गरेका हुन् । आयोगका कार्यबाहक प्रमुख आयुक्त भण्डारी र आयुक्त सगुन चोलेन्द्रका एकदकै निकट हुन् । उनीहरु चोलेन्द्रका आफन्त पनि हुन् । चोलेन्द्रले यसको भरपुर चलखेल गर्दैै त्यति बेला आफूमाथि लगाइएको महाअभियोगको रिस अहिले देउवालाई फेरिएको केही कानुनविद्हरु बताउँछन् । आयुक्त जानकी तुलाधारले भने कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिन नसकिने भन्दै नोट अफ डिसेन्ट लेखेकी छिन् ।
बिहीबार गगन पक्षले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो । उता संस्थापन पक्षले पनि नेपाली कांग्रेसको कुनै विशेष महाधिवेशन नराखिएको जिकिर गर्दै गगन पक्षको निर्वाचन र निर्वाचित कार्यसमिति अवैधानिक रहेको जिकिर गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो।
सो विवादबारे निर्णयमा पुग्नका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर, तुलाधर र आयोगका सचिव छलफलमा जुटेका थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए । तर अन्ततः निर्णय विशेष महाधिवेशन पक्षधर कांग्रेस समूहतिर भयो ।आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ ।
देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् । उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











