कांग्रेस आधिकारिकतासम्बन्धी निर्णयमा आयोगको निष्पक्षतामाथि प्रश्न, चोलेन्द्रको चलखेल भएको आरोप
काठमाडौं । निर्वाचन आयोगले गगन थापा समूहको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि ठूलो राजनीतिक हलचल भएको छ । यस निर्णयको पक्ष र विपक्षमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । देउवा पक्षलाई आधिकारिकता नदिइ गगन पक्षलाई आधिकारिक निणर्य गराउनुमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गोटी चालेको बुझिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय आयोगका पदाधिकारीबाट भएपनि यसविरुद्ध धेरै टिकाटिप्पणी भएका हुन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रलाई २०७८ साल फागुन १ गते २१ बुँदे आधार र कारणहरु समेट्दै मआअभियोग दर्ता गरिएको थियो । माओवमादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धनमा त्यसबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । आफूमाथि तत्कालीन सरकारमा रहेका दलहरुले महाअभियोग दर्ता गरेपछि देउवासँग चोलेन्द्रको सम्बन्ध बिग्रिएको थियो । मौका पाए कहिँ कतैबाट इगो साँध्न पछि पर्दैन थिए । त्यसैको परिणाम हो अहिले देउवा पक्षको कांग्रेसलाई आधिकारिकता नदिनु ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर जबराले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापालाई आधिकारिक दिने घोषणा गरेका हुन् । आयोगका कार्यबाहक प्रमुख आयुक्त भण्डारी र आयुक्त सगुन चोलेन्द्रका एकदकै निकट हुन् । उनीहरु चोलेन्द्रका आफन्त पनि हुन् । चोलेन्द्रले यसको भरपुर चलखेल गर्दैै त्यति बेला आफूमाथि लगाइएको महाअभियोगको रिस अहिले देउवालाई फेरिएको केही कानुनविद्हरु बताउँछन् । आयुक्त जानकी तुलाधारले भने कांग्रेस विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिन नसकिने भन्दै नोट अफ डिसेन्ट लेखेकी छिन् ।
बिहीबार गगन पक्षले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो । उता संस्थापन पक्षले पनि नेपाली कांग्रेसको कुनै विशेष महाधिवेशन नराखिएको जिकिर गर्दै गगन पक्षको निर्वाचन र निर्वाचित कार्यसमिति अवैधानिक रहेको जिकिर गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो।
सो विवादबारे निर्णयमा पुग्नका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर, तुलाधर र आयोगका सचिव छलफलमा जुटेका थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए । तर अन्ततः निर्णय विशेष महाधिवेशन पक्षधर कांग्रेस समूहतिर भयो ।आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ ।
देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् । उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












