ताजा समाचार

बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका थिए। तर, राजिनामा नबुझाई उनी वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय जाने भएका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीको दावेदारका रूपमा झापा–५ बाट उम्मेदवार बन्न लागेका शाहले आजै राजिनामा दिने बताइएको थियो। तर, राजिनामा नदिएको कारण औपचारिक रूपमा प्रष्ट भइसकेको छैन।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नका लागि राजिनामा दिनु अनिवार्य नभएको निर्वाचन आयोगले स्पष्ट गरिसकेको छ। आयोगका अनुसार स्थानीय, प्रदेश वा संघीय तहका कुनै पनि जनप्रतिनिधिले प्रतिनिधि सभामा उम्मेदवारी दिएपछि स्वतः पदमुक्त हुने व्यवस्था छ।

त्यसैले, राजिनामा नबुझाई उम्मेदवारी दिए पनि उम्मेदवारी दर्ता भएपछि शाह स्वतः मेयर पदबाट विदा हुनेछन्। त्यसपछि उपमेयर सुनिता डंगोल निमित्त मेयरका रूपमा महानगरपालिकाको नेतृत्व सम्हाल्नेछिन्।

आज औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेका शाह सोमबार पार्टीको भेलालाई सम्बोधन गर्न जनकपुर जाने कार्यक्रम रहेको छ। त्यसैगरी, मंगलबार उम्मेदवारी दर्ताका लागि झापा जाने कार्यतालिका रहेको मेयर शाहको सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org