ताजा समाचार

उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंग्याउन सभापति गगन थापाको अध्यक्षतामा संसदीय बोर्डको बैठक बोलाएको छ।

संसदीय बोर्डका एक सदस्यका अनुसार बैठक बिहान ११ बजेदेखि बस्नेछ। उनले भने, “सबै पक्षलाई समेटेर टिकट बाँड्ने सहमति भएको छ। संसदीय बोर्डको बैठकबाट उम्मेदवारको टुंगो लगाइन्छ।”

संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री सदस्य रहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा. शेखर कोइराला पक्षबीच सहमति जुटाएर उम्मेदवार चयन गर्ने उद्देश्यले नेताहरू हिजोदेखि निरन्तर संवादमा रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org