ताजा समाचार

देउवाले निर्वाचन नलड्ने, डडेल्धुराबाट नैनसिंह महरले पाउने भए टिकट

कैलाली । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् । २०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट नैनसिंह महर लड्ने भएका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार डडेल्धुरामा महरलाई टिकट दिन पार्टी तयार भइसकेको छ । ‘हाम्रो पहिलो विकल्प देउवा दाइ नै हुनुपर्छ भनेका थियौँ उहाँ आफैले उठ्दिनँ भनेपछि नैनसिंह महरलाई टिकट टिकट दिने कुरा भएको छ,’ कांग्रेसका जिल्लाका एक पदाधिकारीले भने, ‘अहिले महरले टिकट पाउने करिब पक्का भयो ।’

महरसहित भानु देउवा, भीम बहादुर साउद, गोविन्द बोहरा लगायतको पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । तर, महरलाई टिकट दिन पार्टी सकारात्मक भएको ती पदाधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org