हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोली-गठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरीचौकी वा स्थानीय प्रशासन कार्यालमा बुझाउन सकिने छ ।
त्यसैगरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि यही माघ १५ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन उक्त कार्यालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैगरी, लमजुङ जिल्ला प्रशासन कार्यालयले पनि एक सूचना जारी गरी यही माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतयिार बुझाउन नागरिकलाई आग्रह गरेको हो । लमजुङमा एक हजारभन्दा व्यक्तिसँग त्यस्ता हातहतियार रहेका उक्त कार्यालयले जनाएको छ ।
व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी ती स्थानीय प्रशासनले दिएका छन् । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता लिन सकिने ती कार्यालयले जारी गरेका सूचनामा जनाइएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












