ताजा समाचार

चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल बन्दै गएको भूराजनीतिक अवस्था तथा नेपालको अस्थिर राजनीतिक परिवेश र घोषित निर्वाचनको बीचमा चिनियाँ टोली नेपाल भ्रमणमा आउन लागेको हो ।

सिपिसीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला)को नेतृत्वमा आउने टोली तीन दिन नेपालमा रहने चिनियाँ दूतावास स्रोतले जनाएको छ ।

टोलीले छिमेकी मुलुकहरूसँग बढ्दै गएको अविश्वासको समग्र अवस्थाबारे अध्ययन गर्ने तथा नेपालका विभिन्न राजनीतिक शक्तिहरूसँग सौहार्दपूर्ण भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org