ताजा समाचार

विद्यालय पोशाकमै निषेधित क्षेत्रमा पठाउनु सुनियोजित हत्या : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विद्यालय पोशाकमा आन्दोलन गर्न पठाउनेहरु बाल मृत्युका योजनाकार र निर्देशक भएको जनाएका छन् । आइतबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिव बस्नेतले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई संकेत  गर्दै यस्तो बताएका हुन् ।

विद्यालय पोशाकमै नाबालकलाई निषेधित क्षेत्रमा पठाउनु आन्दोलन नभएको दाबी गर्दै उनले यो सुनियोजित हत्या भएको जनाएका छन् । यसैगरी उनले ‘नयाँ राजनीति’ को नारा दिनेहरू पीडित होइनन्ः बाल मृत्युका योजनाकार र निर्देशक हुन्’ भनेका छन् ।

एमाले सचिव बस्नेतले लेखेको फेसबुक स्टाटस:

“स्कुले पोशाकमै नाबालकलाई निषेधित क्षेत्रमा पठाउनु आन्दोलन होइन । यो सुनियोजित हत्या हो। ‘नयाँ राजनीति’ को नारा दिनेहरू पीडित होइनन्ः बाल मृत्युका योजनाकार र निर्देशक हुन्।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org