दक्षिण कोरियाली आयातमा अमेरिकाद्वारा २५ प्रतिशतसम्म कर वृद्धि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका गर्नुभएको छ । उहाँले गएको वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’ लगायतका विभिन्न उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने बताउनुभयो । दक्षिण कोरियाली सांसदहरूले सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरे पनि सम्झौता अनुसार ट्यारिफ घटाउन द्रुत गतिमा काम गरिरहेको ट्रम्पको भनाइ छ ।
दक्षिण कोरियाले आफ्ना केही सामानहरूमा कर बढाउने निर्णयको आधिकारिक सूचना नदिएको र यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता गर्न चाहेको बताएको छ । अहिले क्यानडामा रहेका दक्षिण कोरियाका उद्योगमन्त्री किम जङ–क्वानले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकलाई भेट्न सकेसम्म चाँडो वाशिंगटनको भ्रमण गर्ने पनि भनिएको छ ।
दुई देशबीच गएको अक्टोबरमा दक्षिण कोरियाले अमेरिकामा ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो, जसमध्ये केही रकम जहाज निर्माणमा जाने सम्झौतामा पुगेका थिए ।
ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा विदेश नीति लागू गर्न बारम्बार ट्यारिफलाई लाभको रूपमा प्रयोग गर्नुभएको छ । गएको शनिवार ट्रम्पले क्यानडालाई चीनसँग व्यापार सम्झौता गरेमा एक सय प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











