ताजा समाचार

युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप

काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ ।

महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र प्राप्त भएलगत्तै महान्यायधिवक्ता र कार्यालयको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org