खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै राजावादी समूहले प्रदर्शन गर्ने भएको छ। राष्ट्रवादी युवा समुहको आयोजनामा शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वपक्षीय सरकारको गठन दीर्घकालीन तथा स्थायी राजनीतिक व्यवस्थाको लागि राजालाई समेटेर निर्वाचन गरिनु पर्ने माग समेत राखिने आयोजकले जनाएकाे छ ।
बाँके क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सुनारको उम्मेदवारी खारेजीको माग राखिने आयोजक मध्येका एक सन्तोष सिलवाल (राजावादी) ले बताए । ‘हिन्दू धर्मवालम्वीहरुको आस्था, विश्वास, संस्कार र परम्पराको विरुद्ध अभिव्यक्ति दिने व्यक्ति कसरी जनप्रतिनिधि हुन सक्छ ? उनि त सदियौंदेखिको साम्प्रदायिक एकता र सामाजिक मेलको विरुध्दमा जाने बिखण्डनकारी हो । हामी निर्वाचन आयोगलाई उनको उमेदवारी खारेजीको मागसमेत गर्दर्छौ’, कार्यक्रमका आयोजक सिलवालले बताए।
राजावादी थप भन्छन्, ‘नेपालको संविधान २०७२ को धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय जनावर गाई हुने व्यवस्था गरिएको हुँदा, यो केवल चर्चाको विषय मात्रै रहेन । यो त राष्ट्रिय एकताको प्रतिक संविधानको संरक्षणको विषय पनि हो । त्यसैले यो व्यक्ति समुहको भन्दापनि सरकारवादी रहने मुध्दा हो । यस्ता अभिव्यक्ति दिने व्यक्तिलाई सरकारले तुरुन्तै पक्राउ गरेर मुध्दा चलाउनु पर्दछ ।’ सुनारको गाई काटेर खान पाउनु पर्ने भन्ने अभिव्यक्तिको विरुद्ध निर्वाचन आयोगमा सोहि समूहले उजुरी गरेको थियो । उक्त उजुरीका आधारमा उनलाई बुधबार माघ १४ आयोगले स्पष्टीकरण सोधेको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
संखुवासभा जिल्लाका लागि डा. अर्जुन कार्की नै किन ?
न्यूज नेपाल डटकम । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर-९, तुम्लिङटारमा जन्मिएका डा. अर्जुन कार्की विकास, राजनीति र सामाजिक न्यायको...











