खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै राजावादी समूहले प्रदर्शन गर्ने भएको छ। राष्ट्रवादी युवा समुहको आयोजनामा शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वपक्षीय सरकारको गठन दीर्घकालीन तथा स्थायी राजनीतिक व्यवस्थाको लागि राजालाई समेटेर निर्वाचन गरिनु पर्ने माग समेत राखिने आयोजकले जनाएकाे छ ।
बाँके क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सुनारको उम्मेदवारी खारेजीको माग राखिने आयोजक मध्येका एक सन्तोष सिलवाल (राजावादी) ले बताए । ‘हिन्दू धर्मवालम्वीहरुको आस्था, विश्वास, संस्कार र परम्पराको विरुद्ध अभिव्यक्ति दिने व्यक्ति कसरी जनप्रतिनिधि हुन सक्छ ? उनि त सदियौंदेखिको साम्प्रदायिक एकता र सामाजिक मेलको विरुध्दमा जाने बिखण्डनकारी हो । हामी निर्वाचन आयोगलाई उनको उमेदवारी खारेजीको मागसमेत गर्दर्छौ’, कार्यक्रमका आयोजक सिलवालले बताए।
राजावादी थप भन्छन्, ‘नेपालको संविधान २०७२ को धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय जनावर गाई हुने व्यवस्था गरिएको हुँदा, यो केवल चर्चाको विषय मात्रै रहेन । यो त राष्ट्रिय एकताको प्रतिक संविधानको संरक्षणको विषय पनि हो । त्यसैले यो व्यक्ति समुहको भन्दापनि सरकारवादी रहने मुध्दा हो । यस्ता अभिव्यक्ति दिने व्यक्तिलाई सरकारले तुरुन्तै पक्राउ गरेर मुध्दा चलाउनु पर्दछ ।’ सुनारको गाई काटेर खान पाउनु पर्ने भन्ने अभिव्यक्तिको विरुद्ध निर्वाचन आयोगमा सोहि समूहले उजुरी गरेको थियो । उक्त उजुरीका आधारमा उनलाई बुधबार माघ १४ आयोगले स्पष्टीकरण सोधेको थियो ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












