ताजा समाचार

खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका  नेता खगेन्द्र सुनारलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै राजावादी समूहले  प्रदर्शन गर्ने भएको छ। राष्ट्रवादी युवा समुहको आयोजनामा शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वपक्षीय सरकारको गठन दीर्घकालीन तथा स्थायी राजनीतिक व्यवस्थाको लागि राजालाई समेटेर निर्वाचन गरिनु पर्ने माग समेत राखिने आयोजकले जनाएकाे छ ।

बाँके क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सुनारको उम्मेदवारी खारेजीको माग राखिने आयोजक मध्येका एक सन्तोष सिलवाल (राजावादी) ले बताए । ‘हिन्दू धर्मवालम्वीहरुको आस्था, विश्वास, संस्कार र परम्पराको विरुद्ध अभिव्यक्ति दिने व्यक्ति कसरी जनप्रतिनिधि हुन सक्छ ?  उनि त सदियौंदेखिको साम्प्रदायिक एकता र सामाजिक मेलको विरुध्दमा जाने बिखण्डनकारी हो । हामी निर्वाचन आयोगलाई उनको उमेदवारी खारेजीको मागसमेत गर्दर्छौ’, कार्यक्रमका आयोजक सिलवालले बताए।

राजावादी थप भन्छन्, ‘नेपालको संविधान २०७२ को धारा ९ को उपधारा ३ मा नेपालको राष्ट्रिय जनावर गाई हुने व्यवस्था गरिएको हुँदा, यो केवल चर्चाको विषय मात्रै रहेन । यो त राष्ट्रिय एकताको प्रतिक संविधानको संरक्षणको विषय पनि हो । त्यसैले यो व्यक्ति समुहको भन्दापनि सरकारवादी रहने मुध्दा हो । यस्ता अभिव्यक्ति दिने व्यक्तिलाई सरकारले तुरुन्तै पक्राउ गरेर मुध्दा चलाउनु पर्दछ ।’ सुनारको गाई काटेर खान पाउनु पर्ने भन्ने अभिव्यक्तिको विरुद्ध निर्वाचन आयोगमा सोहि समूहले उजुरी गरेको थियो । उक्त उजुरीका आधारमा उनलाई बुधबार माघ १४ आयोगले स्पष्टीकरण सोधेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org