हिमालयन गार्जियनले सुरु गर्यो विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र आधारित बीमा सेवा
काठमाडौं, पुष ३० (२०८२) । नेपालमा साहसिक पर्यटनको सुरक्षालाई एकीकृत, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित स्थापना गरिएको Himalayan Guardian Nepal (HGN) ले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो सेवा, उद्देश्य र प्रणालीबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ। HGN ले विदेशी पर्यटकका लागि नेपालमै पहिलो यन्त्रआधारित सरकारबाट स्वीकृत बीमालेख सुरु गरेको पनि जनाएकाे छ । विदेशी पर्यटकको बीमामा हुँदै आएको चलखेल र विकृति अन्त्य गर्दै हिमालयन गार्डियनले नेपाल बीमा प्राधिकरणसँगको सहकार्य र नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नेपालकै यन्त्रसमर्थित बीमा प्रणाली सुरु गरेको हो । यस बीमा प्रणालीको अण्डरराइटर प्रुडेन्सियल इन्स्योरेन्स हो भन्दै गार्डियनले यसले यस बीमा प्रणालीलाई पूर्णरुपमा कानुनी, पारदर्शी र जिम्मेवार बनाएको बताएको छ ।
Himalayan Guardian Nepal (HGN) नेपालमा साहसिक पर्यटनका लागि स्थापित पहिलो समग्र सुरक्षा इकोसिस्टम हो। यसको मुख्य उद्देश्य हिमाली क्षेत्रसहित सम्पूर्ण नेपालमा यात्रा गर्ने विदेशी पर्यटक, ट्रेकर तथा पर्वतारोहीहरूको सुरक्षाको सुनिश्चितता गर्नु हो। लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा देखिँदै आएका अविश्वसनीय बीमा प्रणाली, ढिलो उद्दार प्रक्रिया र कमजोर चिकित्सकीय समन्वयजस्ता समस्याहरूको समाधानका लागि HGN ले Comprehensive Tourism Guard (CTG) को अवधारणा अघि सारेको हो।
HGN ले विदेशी पर्यटकका लागि नेपालमै पहिलो पटक यन्त्र–आधारित, सरकार–स्वीकृत बीमा सेवा सुरु गरेको घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणको सहकार्य तथा नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृतिसहित सुरु गरिएको यो प्रणालीले पर्यटन क्षेत्रमा लामो समयदेखि देखिँदै आएको बीमा तथा उद्धारसम्बन्धी अव्यवस्थाको स्थायी समाधान गर्ने विश्वास लिइएको छ।
HGN नेपालमा नेपालको बीमा कानूनअन्तर्गत रही IGI Prudential मार्फत विदेशी पर्यटकहरूको बीमा गर्ने एकमात्र कम्पनी रहेको बताइएको छ। यसका लागि HGN ले नेपाल बीमा प्राधिकरण तथा नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी सेवा सञ्चालन गरिरहेको छ।
CTG प्रणालीअन्तर्गत बीमा, GPS ट्र्याकिङ, स्याटेलाइट सञ्चार तथा २४ घण्टा ७ दिन उद्दार सेवाहरूलाई एउटै प्याकेजमा एकीकृत गरिएको छ। GPS ट्र्याकिङ र स्याटेलाइट सञ्चारका लागि HGN ले आफ्नै प्रविधिक प्लेटफर्म विकास गरेको छ, जसलाई दक्ष अपरेटरहरूले २४ सै घण्टा निगरानी गर्ने व्यवस्था गरिएको छ।
उद्देश्य र महत्व
HGN को प्रमुख उद्देश्य नेपाल तथा हिमाली साहसिक यात्रालाई अझ सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउनु हो। यस उद्देश्यलाई सफल बनाउन IGI Prudential सँगै Lloyd’s of London (इङ्ग्ल्यान्ड), Everest Re, Hannover Re (जर्मनी) लगायत विश्वप्रसिद्ध पुनर्बीमा कम्पनीहरूसँग सहकार्य गरिएको छ।
उपलब्ध बीमा नीतिमार्फत विदेशी पर्यटकहरूलाई दुर्घटना, उचाइसम्बन्धी रोग (Altitude Sickness) तथा अन्य आपतकालीन अवस्थाबाट सुरक्षा प्रदान गरिनेछ। साहसिक यात्राका क्रममा आकस्मिक समस्या आएमा आपतकालीन उद्दार तथा उपचारमा हजारौं अमेरिकी डलर खर्च हुने अवस्थालाई मध्यनजर गर्दै यात्रुहरूलाई आर्थिक बोझबाट जोगाउनु नै HGN को मूल उद्देश्य रहेको बताइएको छ।
प्याकेज र शुल्क संरचना
HGN ले साधारण पर्यटकदेखि व्यावसायिक पर्वतारोहीसम्मका लागि फरक–फरक CTG प्याकेजहरू उपलब्ध गराएको छ।
शुल्क १६ अमेरिकी डलरदेखि ५ सय अमेरिकी डलरसम्म रहेको छ।
प्याकेज अवधि न्यूनतम ७ दिन र अधिकतम ६० दिन तोकिएको छ।
हालका प्याकेजहरू १८ देखि ६० वर्ष उमेर समूहका लागि उपलब्ध छन्।
आगामी दिनमा १८ देखि ७० वर्ष उमेर समूह समेट्ने नयाँ प्याकेजहरू सार्वजनिक गरिने जानकारी दिइएको छ।
सेवा प्रणाली
HGN को सेवा निम्न प्रणालीमार्फत सञ्चालन हुन्छः
GPS Tracer डिभाइस मार्फत वास्तविक समयमा ट्र्याकिङ र SOS अलर्ट सुविधा
२४/७ सञ्चालन हुने कल सेन्टरबाट निरन्तर निगरानी
आपतकालीन अवस्थामा तत्काल उद्दार टोली परिचालन
बीमा कभरेजमा चिकित्सकीय उपचार, उद्दार खर्च, आकस्मिक निधन वा अपाङ्गता, तथा शव वा यात्रु स्वदेश फिर्ता पठाउने (Repatriation) सुविधा समावेश
सहकार्य र समन्वय
HGN ले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थासँग सहकार्य गर्दै सेवा सञ्चालन गरिरहेको छः
चिकित्सकीय सहयोग : विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्र
उद्दार कार्य : Alpine Rescue लगायत अन्तर्राष्ट्रिय मापदण्डअनुसारका संस्थासँग समन्वय
किन Himalayan Guardian Nepal ?
HGN को स्थापना निम्न उद्देश्यहरू पूरा गर्न गरिएको होः
अनाधिकृत (Fake) उद्दार गतिविधि निर्मूल पार्न
ढिलो उद्दार र कमजोर चिकित्सकीय समन्वयका समस्या समाधान गर्न
अन्तर्राष्ट्रिय यात्रुहरूमा नेपालप्रति विश्वास निर्माण गर्न
सुरक्षित साहसिक गन्तव्यका रूपमा नेपालको छवि मजबुत बनाउन
नेपाल बीमा प्राधिकरण तथा नेपाल दूरसञ्चार प्राधिकरणबाट इजाजत प्राप्त आधिकारिक सेवा प्रदान गर्न
सेवा सञ्चालन प्रक्रिया
HGN को सेवा यसरी सञ्चालन हुन्छः
यात्रुले आवश्यक CTG प्याकेज खरिद गर्छन्
SOS सुविधा सहितको GPS डिभाइस प्राप्त गर्छन्
२४/७ कल सेन्टरबाट निरन्तर निगरानी तथा आपतकालीन प्रतिक्रिया
आपतकालीन अवस्थामा ३० मिनेटभित्र उद्दार टोली परिचालन
बीमाले चिकित्सकीय उपचार, उद्दार खर्च, आकस्मिक निधन वा अपाङ्गता तथा Repatriation (अधिकतम ३५ हजार अमेरिकी डलर) कभर गर्दछ
हाल सञ्चालनमा रहेका CTG प्याकेजहरू
पर्यटक (Basic) : ३,५०० मिटरसम्म
ट्रेकर (Plus) : ५,५०० मिटरसम्म
पर्वतारोही (Pro) : ६,००० मिटरसम्म
निकट भविष्यका प्याकेजहरू
Super Basic : २,००० मिटरसम्म
नेपाल पर्वतारोहण संघ (NMA) अन्तर्गतका २७ हिमाल (Peaks)
लक्षित समूह
विदेशी पर्यटक, ट्रेकर, पर्वतारोही तथा साहसिक यात्रामा संलग्न व्यक्तिहरू HGN का प्रमुख लक्षित समूह हुन्।
साझेदारी संस्थाहरू
बीमा : IGI Prudential, Lloyd’s of London (England), Hannover Re (Germany), Everest Re (Bermuda), Insurance (China), Everpro Insurance (China)
प्रविधि : Beidou Communication, Sutai Tech, Weiren Tech
चिकित्सकीय : HAMS Hospital
उद्दार : Alpine Rescue
पर्यटन संघसंस्था : Trekking Agencies Association of Nepal (TAAN), Nepal Association of Tour and Travels (NATTA)
निष्कर्ष
Himalayan Guardian Nepal (HGN) केवल एक बीमा प्रदायक कम्पनी मात्र नभई, हिमाली साहसिक यात्राको एकमात्र विश्वासिलो, भरपर्दो र समग्र सुरक्षा संरक्षकका रूपमा स्थापित भएको छ। सुलभ मूल्य, अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रियस्तरको बीमा प्रणालीलाई एकीकृत गर्दै HGN ले प्रत्येक यात्रुका लागि पूर्ण सुरक्षा इकोसिस्टम प्रदान गर्दछ।
GPS Tracer डिभाइस, २४/७ निगरानी, Cashless Treatment, छिटो उद्दार समन्वय तथा विश्वस्तरीय बीमा कभरेजमार्फत HGN ले ट्रेकर, पर्वतारोही र पर्यटकहरूलाई ढुक्कसँग नेपाल र हिमाली सौन्दर्य अन्वेषण गर्ने आत्मविश्वास प्रदान गर्ने विश्वास लिइएको छ। साहस र सुरक्षा बीचको पुलका रूपमा उभिँदै HGN ले सुरक्षित, दिगो र विश्वसनीय पर्यटन गन्तव्यका रूपमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












