ताजा समाचार

नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित

काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार दिउँसो भएको रोमाञ्चक खेलमा नेपालले चीनलाई ३–१ गोल अन्तरले हराएको हो ।

हाफटाइमअघि भएको खेलमा चीनले एक गोल गरेको थियो । पहिलो हाफटाइमसम्मको खेल हेर्दा निराश भएका नेपाली दर्शकहरु दोस्रो हाफको खेल हेर्दा उत्साहित भएका थिए । दोस्रो हाफमा नेपालले तीन गोल प्रहार गरेको थियो । खेल दिउँसो साढे १ बजेदेखि दशरथ रंगशालामा सुरु भएको थियो ।

चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाडको अवसरमा विगत दुई वर्षदेखि हुँदै आएको सो प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएको हो । खेल समापनका अवसरमा टिकेट लिएकाहरुमध्ये भाग्यशाली चिठ्ठा पाउने दर्शकलाई काठमाडौंबाट चीनको युनान प्रान्तसम्मको राउन्ड ट्रिप टिकट दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org