घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
काठमाडाैं । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो ।
पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति अनियन्त्रित कार गुरुङ परिवार बसेको घरभित्र पसेको थियो । सयनकक्षमै सुतिरहेकी ५३ वर्षीया गुरुङको कारको ठक्करवाट मृत्यु भएको हो । आपतकालीन सेवाले उद्धारको प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार अनियन्त्रित हुँदै मुख्य सडकबाट बाहिरिएर घरको बार तोड्दै सिधै गुरुङ परिवार बस्ने सयन कक्षमा प्रवेश गरेको थियो । कार चालक ३६ वर्षीय पुरुषलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । उनलाई हत्या र सम्पत्ति क्षतिको अभियोग लगाइएको प्रहरीले जनाएको छ । चालकलाई अदालतले धरौटी समेत अस्वीकार गरेको छ ।
मृतक विष्णुमया (हिमाली)गुरुङ केही महिनाअघि मात्रै नेपालबाट छोरी–ज्वाइँ भेट्न अस्ट्रेलिया आएको एनआरएन पश्चिम अस्ट्रेलियाका उप–संयोजक बासु सापकोटाले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
Russian Film Days Inaugurated at NIFF; First Film Shot in Space to Be Screened
Kathmandu – The “Russian Film Days” has been officially inaugurated under the Nepal International Film Festival (NIFF). The inauguration ceremony...
-
श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी भारतमा, श्रमजीवीका विषयमा घनीभूत छलफल
काठमाडौं । श्रमजीवी पत्रकार संघ हरियाणाको निमन्त्रणमा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी यतिबेला भारतको हरियाणामा श्रमजीवी विशेष कार्यक्रममा...
-
आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै
काठमाडौं । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...












