गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत ट्रम्पले सन् २०२६ फेब्रुअरी – १९, मा, शान्ति बोर्डका सदस्यहरूमा सामेल हुने र जहाँ सदस्य राष्ट्रहरूले मानवीय प्रयास र गाजाको पुनर्निर्माणलाई सहयोगको प्रतिज्ञा गरेको घोषणा गर्ने जनाएका छन् ।
गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएकोसमेत उनले प्रष्ट पारेका छन् । आसन्न बैठकले शान्ति बोर्डको पहिलो आधिकारिकतालाई प्रतिविम्वित गर्ने जनाइएको छ । भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो पहल गाजाको भविष्यको निर्णायक बिन्दु भएको उल्लेख गरेका छन् ।
न्युयोर्क टाइम्सले यस अघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाहरूका लागि एक अर्ब डलर भन्दा बढी रकम दिने वाचा गरेको जनाएको थियो । ह्वाइट हाउसका एक अधिकारीले आगामी दिनमा थप प्रतिज्ञाहरू अपेक्षा गरेको जनाउदै गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको २०–बुदे शान्ति योजनाले युद्धविरामको लागि मार्ग प्रशस्त गर्ने र शान्ति बोर्डले कोष व्यवस्थापन गर्ने जनाएका छन्
स्रोतका अनुसार वित्तीय प्रतिज्ञाहरूको ठुलो हिस्सा गाजामा मानवीय परियोजनाहरूका साथै आइएसएफका लागि समर्थनका लागि तोकिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जनवरी– २२ मा सुरु गरिएको शान्ति बोर्डमा अहिले सम्म २० भन्दा बढी देश सामेल भइसकेका छन् भने बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमको एक समारोहमा हस्ताक्षर गरिएको थियो । -रासस/क्यूएनए
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












