सार्वजनिक बिदाका दिन आज र भोलि राहदानी विभाग खुला रहने
काठमाडौं । सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो ।
आज ग्याल्पो ल्होसार र भोलि प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दुई दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहने सूचनामा उल्लेख छ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ ।
यस्तै भोलि राहदानीका लागि आवेदन फारम सङ्कलन हुनेछ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’
काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र 'प्रतिज्ञापत्र' सार्वजनिक गरेको छ । कांग्रेसले काठमाडौंमा...
-
निर्वाचन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण...
-
निर्वाचनलक्षित बैंक खाता खोल्न किन उम्मेद्वारले गर्दैछन् आनाकानी ?
काठमाडौं । सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य...
-
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दो, सचेत रहन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१...
-
निर्वाचन आयोगविरुद्ध अख्तियारमा उजुरी, न्यायाधीश नियुक्तिमा गैरकानूनी रोकदेखि छपाईमा ठूलो कमिशनको खेल भएको आरोप
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी चलिरहँदा निर्वाचन आयोग विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर प्रकृतिको उजुरी दर्ता भएको छ।...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर...
-
नेप्सेमा आठ अंकले गिरावट, सात अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच
काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६...
-
बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने
काठमाडौं ।बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री...











