ताजा समाचार

भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?

भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् । खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत पाएका छन् भने नेमकिपाका रमेश वैद्यले ३७५३ र नेकपाका रामप्रसाद सापकोटाले १३२३ मत पाएका छन् ।

राजीव खत्री पूर्वपत्रका हुन् । निर्वाचनको नजिक उनी रास्वपामा प्रवेश गरेका थिए । विजयी भएपछि खत्रीले मतदाताप्रति आभार व्यक्त गर्दै भक्तपुर–२ को विकास, सुशासन र पारदर्शिताका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org