न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ बाझिने लामिछाने जोडिएको रिट निवेदनमा सुनुवाइ नै गरिदिएका छन् । लामिछानेको वकिलका रुपमा विभिन्न मुद्दामा बहस पैरवी गरेका पोखरेलले न्यायाधीश भएपछि उनीविरुद्ध लागेका मुद्दाको सुनुवाइ गर्नु न्यायिक अभ्यास विपरीत हो । तर उनले जान्दाजान्दै त्यसलाई बेवास्ता गरेका छन् ।
रास्वपाका सभापति लामिछानेविरुद्ध सहकारी ठगीसँगै लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र महान्यायाधिवक्ता कार्यालयले संशोधन गरेको थियो। महान्यायाधिवक्ता कार्यालयको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध अभियन्ता युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पहिलो नम्बरमै पेशी तोकिएको थियो।
निवेदक र उनीहरुका कानुन व्यवसायीले लामिछाने जोडिएको मुद्दाको सुनुवाइबाट आफूलाई अलग राख्न न्यायाधीश पोखरेललाई इजलासमा आग्रह गरे पनि अस्वीकार गरेका हुन्। स्वार्थ बाझिने लामिछाने जोडिएको रिटहरुको सुनुवाइ पोखरेलले ‘जबरजस्ती’ गरेका छन्। निवेदक र कानुन व्यवसायी आग्रहलाई अस्वीकार गर्दै आइतबार रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
निवेदक पौडेलका तर्फबाट रिटमा बहस गर्न उपस्थित भएका वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले सुरुमै न्यायाधीश पोखरेललाई सुनुवाइबाट आफूलाई अलग राख्न आग्रह गरेका थिए। भण्डारीले केही सञ्चारमाध्यमसँग भने, “मैंले श्रीमान्लाई तपाईंले यी रिटहरुको सुनुवाइ गर्न मिल्दैन, आफूलाई अलग गर्नुहोस् भनेर आग्रह गरेँ। तर उहाँले मान्नु भएन। म हेर्छु भन्नुभयो।”
मुद्दा हेर्न कि नगर्ने भन्ने विषयमा न्यायाधीश पोखरेलसँग वरिष्ठ अधिवक्ता पोखरेलको करिब सात मिनेट सवाल जवाफ भएको इजलासमा उपस्थित निवेदक पौडेलले बताए। निवेदकसमेत रहेका अर्का वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि पोखरेललाई लामिछाने जोडिएको मुद्दाबाट आफूलाई अलग गर्न आग्रह गरेको बताए। ‘मैंले भने। तर उहाँले मान्नुभएन’, त्रिपाठीले भने, ‘उहाँ आफैँले छाड्नु पर्ने हो। तर छाड्नु भएन।’ स्वार्थ बाझिने रिटहरुको सुनुवाइ गरेर न्यायाधीश पोखरेल विवादमा तानिएका छन्।
न्यायाधीश हुनुअघि पोखरेलले लामिछानेविरुद्ध लागेका सबैजसो मुद्दामा प्रतिनिधित्व गरेका थिए। लामिछानेमाथि लागेको सालिग्राम पुढासैनीको आत्महत्या दुरुत्साहन मुद्दा, नागरिकता, पासपोर्ट जस्ता गम्भीर मुद्दामा समेत पोखरेलले प्रतिनिधित्व गरेका थिए। लामिछाने न्युज २४ बाट बाहिरिँदा भएको आर्थिक विवादको समाधानसमेत पोखरेलले नै वकिलका रुपमा गरेको जानकार स्रोतको दाबी छ।
न्यायाधीशको आचार संहिताले आफू प्रतिनिधित्व गरेका पक्षको मुद्दा न्यायाधीश भएपछि हेर्न नमिल्ने व्यवस्था गरेको छ। सँगै यस्तो विषय न्यायाधीशको निष्पक्षतासँग पनि जोडिएको विषय भएकाले विवादबाट आफूलाई टाढा राख्नुपर्ने एक पूर्वन्यायाधीश बताउँछन्। पोखरेलको अड्डीले कस्तो आदेश आउँछ भन्ने समेत बुझ्न सकिने उनको भनाइ छ।
सहकारी ठगीसँगै लागेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग संशोधन गरेर लामिछानेलाई प्रतिनिधिसभाको चुनाव लड्न बाटो खोलिएको हो। लामिछानेविरुद्ध काठमाडौँ, कास्की, रुपन्देही, पर्सा जिल्लामा सहकारी ठगी सम्बन्धी अभियोग दायर भएको थियो।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












