ताजा समाचार

पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो

काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टीतेलमा १० रुपैयाँ वृद्धि गरेको छ।

निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ। पेट्रोलियम पदार्थको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org