प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् ।विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, विशेषगरी काठमाडौं आउने रुटमा जोखिमपूर्ण बादल प्रणाली सक्रिय भएपछि धेरै विमान गन्तव्यमा अवतरण नगरी फर्काइएका वा डाइभर्ट गरिएका छन् । बस्नेतका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एटीआर विमान जनकपुर फर्किएको छ भने झापाको चन्द्रगढीबाट आएको बुद्ध एयरको अर्को एटीआर विमान पनि अवतरण असम्भव भएपछि चन्द्रगढी नै फर्किएको छ ।
यस्तै, विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको अर्को विमान समेत पुनः विराटनगर नै फर्काइएको छ भने यति एयरलायन्सको विराटनगर-काठमाडौं उडान पनि गन्तव्यमा अवतरण गर्न नसकी विराटनगरमै फर्किएको छ । श्री एयरलाइन्सको धनगढीबाट काठमाडौंका लागि उडेको विमान पनि खराब मौसमका कारण धनगढीमै फर्काइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ, चाइना ईस्ट्रन एयरलायन्सको कुन्मिङबाट काठमाडौं आउँदै गरेको विमान पुनः कुन्मिङ नै फर्किएको छ ।
यस्तै, इन्डिगो एयर को दिल्ली-काठमाडौं उडान महोत्तरीमाथिको आकाशमा करिब ३० मिनेट ‘होल्ड’ मा राखिएपछि अन्ततः दिल्ली डाइभर्ट गरिएको छ । हाल काठमाडौं प्रवेश गर्ने हवाई रुटमा दृश्य (भिजिबिलिटी) करिब ४ हजार मिटर रहेको छ, जुन सामान्यतया अवतरणका लागि पर्याप्त मानिन्छ । तर उक्त रुटमा गर्जन चट्याङसहित आँधीबेहरी ल्याउने क्युमुलोनिम्बस बादल अत्यधिक सक्रिय रहेकाले उडान जोखिम बढेको छ ।
यस्ता बादलबाट तीव्र वर्षा, असिना र शक्तिशाली हावाहुरी उत्पन्न हुने भएकाले पाइलटहरूले सुरक्षित दूरी कायम गर्दै रुट परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । इन-रुट मौसम प्रतिकूल रहेकाले काठमाडौंबाट बाहिरने आन्तरिक उडानहरू समेत सावधानीस्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् । ‘हाल मौसमका कारण उडानहरू प्रभावित भएका छन् । सुरक्षा प्राथमिकतामा राख्दै आवश्यक निर्णय लिइएको हो । मौसममा सुधार आएपछि उडानहरू क्रमशः सामान्य हुनेछन्,’ प्रवक्ता बस्नेतले भने ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












