ओली र लेखकमाथिको धरपकडप्रति प्रेस चौतारीको आपत्ति, तत्काल रिहा गर्न माग
काठमाडौं, चैत १४ — प्रेस चौतारी नेपालले केपी शर्मा ओली र रमेश लेखकमाथि नवगठित सरकारले गरेको धरपकडप्रति गम्भीर आपत्ति जनाएको छ। संस्थाका अध्यक्ष गणेश पाण्डेद्वारा जारी प्रेस वक्तव्यमा २०८२ भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति तथा त्यसपछिका घटनाबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइएको छ। वक्तव्यमा भदौ २४ गतेको प्रदर्शनलाई विध्वंशात्मक बनाउन घुसपैठ गराइएको, राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तिमा आक्रमण, आगजनी, लुटपाट तथा सञ्चारकर्मीमाथि आक्रमणका घटनाहरू भएको उल्लेख गर्दै ती सबै विषयमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताइएको छ।
प्रेस चौतारीले हाल देशभर सञ्चारकर्मीहरू धम्की र असुरक्षामा रहेको दाबी गर्दै यस्तो अवस्थालाई बेवास्ता गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तयार पारिएको आरोप लगाएको छ। उक्त प्रतिवेदनलाई पूर्वाग्रही भन्दै कानुनविद् र नागरिक समाजका सुझावलाई बेवास्ता गरी प्रतिशोधात्मक रूपमा कारबाही अघि बढाउने मन्त्रिपरिषद्को निर्णयलाई निषेधकारी र प्रतिशोधपूर्ण ठहर गरिएको छ।
वक्तव्यमा प्रेस चौतारी नेपालले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, कानुनी राज्य तथा प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै ओली र लेखकमाथिको कारबाहीलाई “वचकना खेल” को संज्ञा दिएको छ। साथै, राज्यशक्तिको दुरुपयोगले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिँदै विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ।
प्रेस चौतारीले दुवै नेताको तत्काल रिहाइको माग गर्दै देशलाई मुठभेडको अवस्थातर्फ जान नदिन आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ। साथै, यस्ता कार्यविरुद्ध प्रेसजगत, नागरिक समाज, कानुनविद् तथा सर्वसाधारणलाई एकजुट हुन आह्वानसमेत गरेको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












