प्रतिनिधि सभा बैठक सुरूवातमै एमालेको विरोध, नेताहरु पक्राउ र लाठीचार्जप्रति आपत्ति
काठमाडौं । प्रतिनिधि सभाकाे पहिलाे बैठक सुरु हुनासाथ नेकपा (एमाले) का सांसदहरूले विरोध जनाउनुभएको छ। आजबाट सुरु भएको बैठक सभाका अध्यक्ष अर्जुननरसिंह केसीले प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै एमाले सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिनुभएको हो।
विरोधपछि सभाका अध्यक्ष केसीले एमालेका सांसद गुरु बराललाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो। बैठकमा बोल्दै सांसद बरालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयप्रति गम्भीर आपत्ति जनाउनुभयो।
उहाँले दुवै नेतामाथि विभेदपूर्ण ढंगले पक्राउ गरिएको आरोप लगाउँदै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। एउटै प्रकृतिको घटनामा एक पक्षका लागि आयोग गठन गरेर छानबिन गर्ने र अर्को पक्षलाई प्रत्यक्ष पक्राउ गर्ने कार्यले सरकारले विभेद गरेको उहाँको भनाइ थियो।
सांसद बरालले उक्त घटनाको विरोधमा आन्दोलनमा उत्रिएका एमालेका नेता तथा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको र त्यसबाट कैयौँ घाइते भएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गर्नुभयो।
उहाँले सरकारको यस्तो व्यवहारले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठेको उल्लेख गर्दै समान घटनामा समान व्यवहार हुनुपर्ने धारणा राख्नुभयो।
Comments
अरु समाचार
-
देश जलाउने खलपात्रलाई नायक बनाइयो: एमाले कार्यवाहक अध्यक्ष थापा
काठमाडौं । नेकपा एमाले सदनमा सम्बोधन गर्दै देश जलाउने खलपात्रलाई नायक बनाइएको आरोप लगाएका छन्। एमालेका कार्यवाहक अध्यक्ष एवं सांसद...
-
एसईई परीक्षा आजदेखि, थप पारदर्शी र व्यवस्थित बनाइने
काठमाडौं । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ ।...
-
गोल्छा ग्रुपद्वारा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई पाँच करोड सहयोग
काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई पाँच करोड आर्थिक सहयोग...
-
बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी...
-
अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च, इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित
काठमाण्डौ । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ ।...
-
कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई
काठमाडौं । सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आज (बुधबार) देखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् । नेपालको...
-
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
काठमाडौँ । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । अपराध अनुसन्धान कार्यालयको...
-
शिक्षा मन्त्रालयले पुनः प्रकाशित गर्यो तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सूचना
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको...
-
प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो उपसचिव (विवरणसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सोसरहका ६३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको...












