देश जलाउने खलपात्रलाई नायक बनाइयो: एमाले कार्यवाहक अध्यक्ष थापा
काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको आरोप लगाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन् ।
“जादुमयी विजयको लागि बाह्य पक्ष, टीओबी, एआई, अल्गोरिदम धेरैले काम गरे। देश जलाउने खलपात्रलाई नायक बनाइयो”, उनले भने, “उनीहरूले उनीहरूले निर्णायक भूमिका खेले। रास्वपाको चामत्कारिक विजयले असाधारण प्रश्न उठाएको छ।”
कार्यवाहक अध्यक्ष थापाले कुन उद्देश्यले सिंहदबार, संसद भवन, सर्वोच्च, नेताको घर सुनियोजित ढंगले जलाइयो भन्दै प्रश्नसमेत गरेका छन्। उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क–कसको निर्णायक भूमिका रह्यो भन्दै प्रश्न गरे।
उनले भने, “प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क-कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरुले के स्पस्ट गर्दछ भने मुख्यत: नेपाली सेना, ब्यूरोकेशी, सुशीला सरकार, कार्की आयोग आदी संस्था तथा पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ति संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो जादुमय विजयका लागि।”
Comments
अरु समाचार
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो...
-
अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट
तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...












