दुई मोटरसाइकल ठोकिँदा एसईई दिएर फर्कदै गरेका तीन विद्यार्थीको ज्यान गयो
महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । एसईईको परीक्षा सकेर घर फर्किरहेका विद्यार्थीको दुई मोटरसाइकल एकडारा गाउँपालिका वडानं. ५ मा एकआपसमा जुध्दा भएको आगलागीमा परेर एक छात्रा र दुई छात्रसहित तीन जनाको मृत्यु भएको हो ।
मृतक र घाइतेको पहिचान हुन सकेको छैन। दुई मोटरसाइकल एक आपसमा जुध्दा भएको आगलागीमा मृत्यु भएका तीनैजनाको शव नचिनिने अवस्थामा रहेकोले पहिचानमा समय लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइते भएका तीन जनालाई प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रेफर गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका टोलीहरू घटनास्थलमा पुग्नुका साथसाथै प्रादेशिक अस्पताल जलेश्वरमा आएर घाइतेबारे जानकारी लिनुभएको थियो । स्थानीयवासीले मोटरसाइकल जुधेर भएको आगलागीमा परेर तिन जनाको मृत्यु भएको घटना यसक्षेत्रमै पहिलोचोटी सुनिएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टले मृतक र घाइतेको पहिचान गर्ने कार्य भइरहेको जानकारी दिनुभएको छ ।
दुइवटै मोटरसाइकल समेत जलेकोले घटनाबारे बुझ्न ढिलाई भएको प्रहरीले जनाएको छ । घाइते र मृतकहरू जलेश्वर र एकडारा गाउँपालिकाको गेना बथनाहाको हुन सक्ने आशङ्का गरिएको छ ।एसईई सकेर घर फर्किरहेको दुईवटै मोटरसाइकलमा तिन, तिन जना सवार रहेको जनाइएको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












