आमा भेट्न लन्डन जाने तयारीमा रहेका दाजुभाइको हत्या, हत्यामा संलग्न पक्राउ
ललितपुर । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।
बुधबार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट ज्यान गुमाएका सुमित र सिर्जन नेम्वाङ आमा भएको ठाउँ लन्डन जाने तरखरमा थिए । तर, एउटालाई गरेको फोन अर्कैको नम्बरमा डायल हुँदा उत्पन्न विवादपछि दाजुभाइले नै ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आफूबाट गल्ती भएको भन्दै माफी माग्न र मिल्नका निम्ति सुमित–सिर्जन दाजुभाइ त्यहाँ पुगेका थिए । उनीहरु दुबै पक्ष एकआपसमा अपरिचित थिए ।
दाजुभाइले गल्ती भयो भनेर कुरा गर्न खोज्दा कुरै नसुनी त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुट्याउन तम्सिए । तर, उनीमाथि पनि छुरा प्रहार भएको बोगटीले बताए ।
घटनास्थलबाट प्रहरीलाई खबर पुग्नासाथ सातदोबाटो वृत्त र पुल्चोक प्रभागबाट प्रहरी टोली पुगेको थियो । प्रहरी पुग्दा घाइते अवस्थामा सुमित र सिर्जन ढलेका थिए । चक्कु प्रहार गर्ने सञ्जीव चक्कु बोकेर भाग्दै थिए । बोगटीका अनुसार, भागेका सञ्जीव नजिकैको एक रेष्टुरेण्टमा लुक्ने क्रममा महिला प्रहरीले नियन्त्रणमा लिएकी हुन् । ती महिला प्रहरीमाथि पनि उनले दुर्व्यवहारको प्रयास गरेका थिए ।
घाइते दाजुभाइलाई प्रहरीले तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगेको थियो । अस्पतालले मृत घोषणा गरेको हो । प्रहरीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार सुमित र सिर्जन बुबासहित ललितपुरको इमाडोलमा बस्थे । उनीहरु त्यहीँ जन्मिएका र हुर्किएका हुन् । उनीहरुकी आमा लण्डनमा रहेको सूचना प्रहरीले पाएको छ । सुमित र सिर्जन पनि आमा भेट्न लन्डन जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












