न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगको सदस्यहरुमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली र चण्डिराज ढकाल, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल चयन भएका छन् । जाँचबुझ आयोगका संयोजक र सदस्यहरु आफ्नो क्षेत्रमा योग्य र क्षमतावान व्यक्तित्वका रुपमा परिचित छन् ।
को हुन् आयोगको संयोजकमा चयन भएका भण्डारी ?
भण्डारी २०२२ सालमा शाखा अधिकृतको रूपमा प्रशासन सेवामा प्रवेश गरेका थिए । प्रशासन सेवाबाट न्याय सेवामा प्रवेश गरेका उनी जिल्ला, अञ्चल, विशेष, पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेका थिए । उनी २०६१ सालदेखि २०६४ माघसम्म सर्वोच्च अदालतमा न्यायाधीश भएर अवकाश भएका व्यक्तित्व हुन् ।
सम्पत्ति जाँचबुझ आयोगको नेतृत्वको जिम्मेवारी पाएका भण्डारीले न्याय क्षेत्रमा भण्डै चार दशक बिताएका छन् । भण्डारी ’क्याडर’बाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश बन्न सफल भए ।
वर्तमान सरकारद्वारा सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा चयन गरिएका भण्डारी संखुवासभा जिल्ला अन्तर्गत साविकको चन्दनपुर गाविस–३ हाल खाँदबारी नगरपालिका –१० का स्थायी बासिन्दा हुन् । सरल व्यक्तित्व भएका भण्डारी भूमीसुधारको जग्गा विशेषज्ञका रुपमा पनि चिनिन्छन् । भण्डारीले भूमि प्रशासन कार्यालय काठमाडौं र सिरहामा रहेर सरकारी सेवा पुर्याए । यस्तै महेन्द्रनगर कन्चनपुरमा बसोबास उच्च आयोगको कार्यालयमा रहेर पनि कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।
०३२\०३३ सालतिर पहिलोपटक न्याय सेवामा प्रवेस गरेका भण्डारीको पहिलो पोस्टिङ महान्यायाधिवक्ताको कार्यालयमा भएको थियो । न्याय सेवाको सिलसिलामा उनले दोलखा, इलाम, रुपन्देही र मोरङ जिल्ला न्यायाधीशको रुपमा निष्पक्ष र इमान्दारीपूर्वक जिम्मेवारी सम्हाले । विभिन्न जिल्ला न्यायाधीशको कार्यभार सम्हालेका भण्डारीले कोशी, धनुषा, बागमती, जनकपुर र लम्बिनी अञ्चल न्यायाधीशका रुपमा पनि जिम्मेवारी सम्हालेका थिए । नेपालमा विक्रम सम्वत २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि उच्च अदालतको स्थापना भएको थियो । यसक्रममा भण्डारीले धनुषा र बुटवल उच्च अदालतमा रहेर न्याय सेवा गर्ने अवसर पाए ।
जिल्ला, अञ्चल, उच्च अदालत हुँदै सर्वोच्च अदालतको न्यायाधीशमा प्रवेस गरेका भण्डारीसँग संस्कृत र अंग्रेजी भाषामा राम्रो दख्खल छ । न्याय सेवामा लामो समयसम्म कार्य अनुभव लिएका भण्डारी सम्मानित सर्वोच्च अदालतको न्यायाधीशका रूपमा निष्पक्ष किसिमले महत्वपूर्ण निर्णयहरु गर्ने दक्ष व्यक्तित्वका रुपमा परिचित छन् ।
पूर्वन्यायाधीश भण्डारीसँग अवकाशपछि पाँच वटा जाँचबुझ आयोगको नेतृत्व गरेको अनुभव पनि छ । माओवादी शान्ति प्रक्रियामा आएपछि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको जाँचबुझ गर्न गठित आयोगको संयोजक थिए । त्यसपछि प्रहरीको गोलीबाट प्रदीपकुमार खड्काको ज्यान गएको घटनाको जाँचबुझ आयोगमा काम गरे । उनले खेलाडीहरू निर्मल पन्त र पुष्कर डंगोलको हत्याको घटनाका साथै केन्द्रीय कारागारमा गोली प्रहारको घटनाको जाँचबुझ गर्ने छुट्टाछुट्टै आयोगको नेतृत्व गरेका थिए ।
इस्लामिक महासंघका महासचिव फैजान अहमदको घण्टाघर अगाडि भएको हत्याको जाँचबुझ गर्ने आयोगको नेतृत्व पनि भण्डारीले नै गरेका थिए । पूर्वन्यायाधीश फोरममा सक्रिय भण्डारी सर्वोच्च अदालतमा मेलमिलापकर्ता एवं आर्बिटेटरको रूपमा समेत सक्रिय छन् ।
वर्तमान सरकारले २०६२\०६३ देखि ०८२\०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको छ । भण्डारी नेतृत्वको जाँचबुझ आयोगले निष्पक्ष अनुसन्धान गर्दै प्रभावकारी काम गर्ने वर्तमान सरकारले विश्वास लिएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...













