सुधन र दिपकको साइनो खुल्दा, ‘हामी नेपाल’को वेवसाइट झ्याप्पै बन्द !
काठमाडाै । वर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर काराेबारकाे साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको तत्थ्यहरु पुष्टि हुँदै गएका छन् । गत भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् । उनि हाल बालेन शाह नेतृत्वकाे सरकारमा गृहमन्त्रालयकाे जिम्मेवारी सम्हालिरहेका छन् ।उनैले संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको “निशुल्क” शेयर त्यही सम्मानको बार्टर त हैन ? प्रश्न यसरी पनि उठ्ने गरेको छ ।
सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो । सुधन र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले निजलाई उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो भेटिएको छ । तस्बिरमा खैरो ज्याकेट लगाएर उभिँदै माइक समातेर बोल्ने व्यक्ति उनै दीपक हुन् । सोफामा मास्क लगाएर सुधनसँगै बसेको अर्को तस्विरमा पनि देखिन्छ ।
एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ । हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ । यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो । सुन,नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो’ लेखेका थिए ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...



एकपछि अर्को विवादमा तानिएपछि सुधनको सामाजिक संस्था हामी नेपालको वेवसाइट खुल्न छाडेको छ । हिजो बेलुकी मात्रै सुधन र दीपक भट्टबीच कसिलो व्यापारिक सम्बन्ध रहेको विवरणहरु सार्वजनिक भएको छ । यसअघि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेखित जमिन विवरण प्रचलित हदबन्दीभन्दा झण्डै चार गुणा बढी देखिएको थियो । सुन,नगद र सेयर विवरणको स्रोतबारे आलोचना भएपछि उनले सामाजिक सञ्जालमा ‘गरिब भएर जन्मिनु गल्ती होइन,गरिब भएर मर्नु गल्ती हो’ लेखेका थिए ।











