इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत गरेका छन् । हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋण स्वीकृत गर्न राखेको कडा अडानका कारण उक्त ऋण स्वीकृत हुन सकेको थिएन ।
उनले भने, ‘आजको दिन हाम्रो रक्षा र युरोपेली सङ्घसँगको सम्बन्धका लागि महत्वपूर्ण दिन हो । युक्रेनका लागि युरोपेली सहयोगस्वरूप तय गरिएको ऋण दुई वर्षमा ९० अर्ब युरो खुला गरिएको छ,’ जेलेन्स्कीले एक्समा भने । ‘यो महत्त्वपूर्ण छ, चार वर्षभन्दा बढीको पूर्ण मात्रामा युद्धपछि युक्रेनले यस स्तरको वित्तीय निश्चिततालाई सुरक्षित गरिरहेको छ,’ उनले थपे ।
उनी पहिलो किस्ता मे वा जूनसम्म वितरण गर्न आग्रह गरे । जेलेन्स्कीले भने, ‘युक्रेनले हतियार उत्पादन, युक्रेनमा अहिलेसम्म उत्पादन नगरेका साझेदारहरूबाट आवश्यक हतियारहरू खरिद गर्न र अर्को जाडोको लागि युक्रेनकोे ऊर्जा क्षेत्र र महत्वपूर्ण पूर्वाधारको पुनः निर्माणमा पैसा खर्च गर्नेछ।’
रूसले हिउँदभरि युक्रेनको पावर ग्रिड र ऊर्जा उत्पादन स्थलहरू ध्वस्त पारेको थियो । चार वर्षको आक्रमणका कारण सबैभन्दा कडा जाडोको बीचमा लाखौंलाई चिसो र अँध्यारोमा जीवन निर्वाह गर्न बाध्य बनाएको थियो । युक्रेनका कतिपय शहर र गाउँमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ । ‘यी स्रोतहरूले हामीलाई हाम्रो बिजुली प्रणाली कायम राख्न, महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न र पुनः निर्माणलाई गति दिन मद्दत गर्नेछ,’ युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मीगलले एक्समा लेख्नुभएको छ । -रासस/एएफपी
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












