अमेरिकाको राष्ट्रपतीय निवासबाहिर गोली चल्यो, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए
वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली प्रहार गर्ने एक संदिग्ध व्यक्ति मारिएका छन् । शनिबार साँझ भएको उक्त घटनामा एक सर्वसाधारण समेत घाइते भएका छन् । अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार साँझ ६ बजेपछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका थिए । ह्वाइट हाउसको सुरक्षामा खटिएका एजेन्टले तत्कालै जवाफी फायर गर्दा संदिग्ध बन्दुकधारीलाई गोली लागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय अस्पताल पुर्याइएका ती संदिग्धलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
गोलाबारीका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षामा खटिएका कुनै पनि अधिकारी घाइते भएका छैनन् । घटनाको समयमा अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित भए तापनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि सुरक्षा कारबाही वा सञ्चालन प्रभावित नभएको सेक्रेट सर्भिसले जनाएको छ ।
गोली चल्न थालेपछि ह्वाइट हाउस क्षेत्रमा एकाएक आतंक फैलिएको थियो । ह्वाइट हाउसको उत्तरी चौरबाट प्रत्यक्ष प्रसारणको तयारी गरिरहेकी अमेरिकी सञ्चार माध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले गोलीको आवाज सुनेपछि ज्यान जोगाउन झुकेको भिडियो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै आफूलाई तत्काल ‘प्रेस ब्रिफिङ हल’ तर्फ दौडिन निर्देशन दिइएको उल्लेख गरेकी छिन्।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...












