वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको छ । राज्य संयन्त्रको दुरुपयोग गर्दै वरिष्ठ पत्रकार श्रेष्ठमाथि धरपकडको तयारी, धम्की, निगरानी तथा मानसिक दबाब सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै चौतरीले जनाएको छ ।
चौतारीका महासचिव हिरामान लामाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरी धरपकड, धम्की तथा समाचार स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक तथा स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार हो।”
राज्य शक्तिको आडमा सञ्चारमाध्यम तथा वरिष्ठ पत्रकार श्रेष्ठविरुद्ध योजनाबद्ध दबाब, प्रतिशोध र षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसको घोर निन्दा तथा भर्त्सना गरिएको छ । साथै, पत्रकार श्रेष्ठले आफूमाथि उठाइएका आरोपहरूको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की, निगरानी र दबाब बढ्नुले सरकारको व्यवहार तथा न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको चौतारीको भनाइ छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने, पत्रकारलाई धम्क्याउने, मानसिक यातना दिने तथा सञ्चारमाध्यममाथि अविश्वास सिर्जना गर्ने गतिविधिविरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई एकजुट हुन चौतारीले आह्वान गरेको छ ।
चौतारीले सम्पूर्ण घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै श्रमजीवी पत्रकारमाथि कुनै पनि प्रकारको धाकधम्की, प्रतिशोध वा अनावश्यक हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरिएको छ ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












