बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घट्याे
काठमाण्डाै । बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ७२ अङ्कले घटेर २ हजार ७५५ दशमलव ३७ विन्दुमा झरेको छ ।
आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २३३ वटा कम्पनीका शेयर घटेकामा ३५ वटाका बढेका छन् । नेपाल फाइनान्स र स्वस्तिक लघुवित्तको शेयर भने घटबढ भएको छैन ।
आज बुङ्गल हाइड्रोको शेयर १३ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल रिइन्सुरेन्स र कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार कम पनि घटेको छ । गएको बुधवार ६ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीका १ करोड ३३ लाख कित्ता शेयर ५ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएको छ ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर बढाएको थियो । अब १ वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा १० प्रतिशत र लगानी समयको १ वर्षपछि बेच्नेले लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्छ । यसअघि यस्तो दर ५ देखि ७.५ सम्म मात्रै थियो ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












