सगरमाथाको शिखरमा फहराइएको संघीय संसद्को झण्डा सभामुख र अध्यक्षलाई हस्तान्तरण
काठमाडौँ । सङ्घीय संसद्को झन्डासहित सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पा सम्मानित भएका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबी ठाकुर र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीले उहाँलाई संयुक्त रूपमा सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
सङ्घीय संसद् सचिवालयमा आयोजित विशेष समारोहमा विश्वकीर्तिमानधारी आरोही शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतक प्रकाशचन्द्र परियार तथा विभिन्न संसदीय समितिका सभापतिहरूले बधाई ज्ञापन गरेका थिए ।
त्यस अवसरमा आरोही सांसद शेर्पाले सगरमाथाको शिखरमा फहराएकाे सङ्घीय संसद्को झन्डा सभामुख अर्याल र राष्ट्रियसभाका अध्यक्ष दाहाललाई हस्तान्तरण गरेका थिए ।
Comments
अरु समाचार
-
आयोगलाई सम्पत्ति विवरण नदिने निष्कर्षमा पुगे पूर्वप्रधानन्यायाधीश र न्यायाधीश
काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशबीच चलेको लामो छलफल र बहसपछि उनीहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नदिने निर्क्योल गरेका...
-
रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई भेटेका छन्। पाँच दिने भारत भ्रमणमा...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ, लिखतसम्बन्धी कसुर
वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी भएको आठ दिनपछि...
-
सदनमा प्रतिपक्षी दलहरुको अवरोध, प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी सांसदहरूले आज पनि अवरोध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग...
-
बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घट्याे
काठमाण्डाै । बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६...
-
चीनमा नेपालसहित चार देशका महिलाको सहभागितामा सेमिनार, साइन्स-टेक र डिजिटल उद्यमशीलतासम्बन्धी विशेष छलफल
काठमाडौं। चीनको राजधानी बेइजिङमा नेपालसहित चारदेशका महिला प्रतिनिधि सहभागी "सेमिनार अन साइन्स टेक इम्पावरमेन्ट एन्ड डिजिटल अन्टरप्रनरशीप फर वुमन" जारी...
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...












