नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताएका छन् । भारतको राजधानी नयाँदिल्लीमा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टा लामो भेटवार्तापछि उनले सो कुरा बताएका छन् ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका विषयमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति लामिछानेले भनेका छन्, ‘प्रधानमन्त्री मोदीज्यूसँगको एक घण्टा लामो संवाद अत्यन्तै खुसीको क्षण रह्यो । नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोणमा मेरो पूर्ण ऐक्यबद्धता छ ।’
सभापति लामिछानेले दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भएर आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेका छन् । भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उत्सुक रहेको लामिछानेले प्रष्ट पारे । उनले थप भने, ‘नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई यथार्थमा परिणत गर्न रास्वपा उत्सुक छ।’
Comments
अरु समाचार
-
राप्रपामा महामन्त्री डा.धवलशम्शेरसहित १८३ नेताद्वारा सामूहिक राजीनामा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीका महामन्त्री डा. धवलशम्शेर राणासहितका शीर्ष नेताहरूले सामूहिक रूपमा...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...
-
बचत रकम फिर्ता गर्न छ हजारभन्दा बढी बचतकर्ताको उजुरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपियाँ बचत रकम फिर्ता गरीदिनका लागि...
-
३५ दिने अल्टिमेटम सकिँदापनि त्रिविको जग्गा भएन फिर्ता, अटेरीलाई बल प्रयोग गरेर हटाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न दिएको समयसीमा सकिँदासमेत अटेर गरी बसेका संघसंस्था तथा...
-
ओलीले किन गरे एमाले नेतृत्व नछाड्ने घोषणा ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएको भन्दै सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्...
-
नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि, भारतीयको सङ्ख्या उच्च
काठमाडौँ । सन् २०२६ को मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका...
-
आयोगलाई सम्पत्ति विवरण नदिने निष्कर्षमा पुगे पूर्वप्रधानन्यायाधीश र न्यायाधीश
काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशबीच चलेको लामो छलफल र बहसपछि उनीहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नदिने निर्क्योल गरेका...
-
रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरलाई भेटेका छन्। पाँच दिने भारत भ्रमणमा...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...












