३५ दिने अल्टिमेटम सकिँदापनि त्रिविको जग्गा भएन फिर्ता, अटेरीलाई बल प्रयोग गरेर हटाइने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न दिएको समयसीमा सकिँदासमेत अटेर गरी बसेका संघसंस्था तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिरहेका पक्षलाई बल प्रयोग गरेर हटाउने तयारी गरेको छ।
त्रिविको सामान्य प्रशासन महाशाखाले गत वैशाख ४ गते अतिक्रमण गरी प्रयोगमा ल्याइएका जग्गा खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि १७ वटा संघसंस्था तथा संगठनलाई छुट्टै पत्राचार गरेर पनि जग्गा फिर्ता गर्न निर्देशन दिइएको थियो। तर तोकिएको अवधि समाप्त हुँदासमेत अधिकांशले जग्गा खाली नगरेपछि त्रिवि कडा कदम चाल्ने निष्कर्षमा पुगेको हो।
त्रिविका उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यका अनुसार सम्बन्धित पक्षलाई सामान व्यवस्थापनका लागि थप केही समय दिइनेछ। त्यस अवधिमा पनि जग्गा खाली नगरे बल प्रयोग गरेर हटाइने निर्णय गरिएको उनले बताए।
यस विषयमा बुधबार त्रिविका पदाधिकारीहरूले शिक्षामन्त्री तथा त्रिविका सहकुलपति रघुजी पन्तलाई समेत जानकारी गराएका छन्। उपकुलपति बज्राचार्यका अनुसार सहकुलपतिले पनि त्रिविको कदममा सहमति जनाउँदै प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
त्रिविको जग्गामा रहेका केही सरकारी निकाय भने यथावत् रहने जनाइएको छ। विशेष आवश्यकता र संस्थागत प्रयोजनका आधारमा नेपाल प्रहरीलगायतका सरकारी कार्यालयलाई हटाइने छैन। तर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका व्यक्ति वा संस्थालाई भने हटाइने त्रिविले स्पष्ट पारेको छ।
जग्गा खाली गर्न पत्र प्राप्त गरेका १७ वटा निकायसँग त्रिविले निरन्तर छलफलसमेत गरिरहेको छ। यसैक्रममा बुधबार ल्याबरोटरी विद्यालयसँग भएको छलफलमा विद्यालयले जग्गा भाडामा लिएर प्रयोग गर्न प्रस्ताव राखे पनि त्रिविले उक्त प्रस्ताव अस्वीकार गरेको जनाएको छ।
यता, त्रिवि क्रिकेट मैदानको विषयमा भने केही लचिलो हुने देखिएको छ। सरकारले मैदानसम्बन्धी गुरुयोजना तयार गरिरहेको र तत्काल वैकल्पिक व्यवस्था नभएकाले सीमित अवधिका लागि समय लिएर खेल सञ्चालन गर्न दिने तयारी भइरहेको बताइएको छ। यसअघि त्रिविले नेपाल क्रिकेट संघलाई पनि मैदान खाली गर्न पत्र पठाएको थियो।
त्रिविले दिएको ३५ दिने अल्टिमेटमपछि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ तथा त्रिवि कर्मचारी संघले भने आफूहरू प्रयोग गरिरहेको जग्गा फिर्ता गर्ने जानकारी गराइसकेका छन्। साथै, भाडामा बसेका केही पक्षले थप समय मागेकाले उनीहरूलाई जेठ मसान्तसम्मको समय दिइएको त्रिविले जनाएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












