११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२ हजार ८४१ पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार जेठ मसान्तसम्म नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएर विदेश गएका नेपालीको कुल संख्या यही रहेको हो।
विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै उच्च रहेको देखिएको छ। यद्यपि, वैशाख महिनाको तुलनामा जेठ महिनामा विदेश जाने नेपालीको संख्या केही घटेको छ। वैशाखमा ७४ हजार ४२९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए भने जेठमा यो संख्या घटेर ६१ हजार ७२ पुगेको छ।
जेठ महिनामा श्रम स्वीकृति लिएकामध्ये ५३ हजार ६९८ जना पुरुष र ७ हजार ३७४ जना महिला रहेका छन्। यसले वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये पुरुषको संख्या महिलाको तुलनामा निकै बढी रहेको देखाउँछ। कुल श्रम स्वीकृति लिनेहरूमध्ये महिलाको हिस्सा अपेक्षाकृत न्यून रहेको विभागको तथ्यांकले जनाएको छ।
वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिन्छ। रोजगारी तथा आम्दानीका अवसरको खोजीमा हरेक वर्ष ठूलो संख्यामा नेपाली युवा विभिन्न गन्तव्य मुलुकतर्फ जाने गरेका छन्। विभागका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...












