फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक हो। खेलको छैटौँ मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। पेड्रो नेटोको सुन्दर क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोलमा परिणत गरेका थिए। खेलको सुरुवातमा पोर्चुगलले दबाब बनाए पनि कंगोले डटेर सामना गर्यो।
पहिलो हाफको इन्जुरी समयमा कंगोका योआने विसाले आर्थर मासुयाकुको क्रसमा उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्याए। ५२ वर्षअघि सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको कंगोका लागि यो गोल निकै विशेष रह्यो, किनकि यो विश्वकपमा उनीहरूको पहिलो गोल थियो। दोस्रो हाफमा पोर्चुगलका जोआओ कान्सेलोले ‘ओभरहेड किक’ मार्फत गोल गरे पनि रेफ्रीले त्यसलाई ‘अफसाइड’ घोषित गरिदिए। खेलको अन्त्यतिर दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् र खेल बराबरीमा सकियो।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस खेलमार्फत नयाँ इतिहास रचेका छन्। ४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपमा ‘स्टार्टिङ ११’ (खेलको सुरुवातमै मैदान छिर्ने) मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन्। यो उनको २३औँ विश्वकप खेल हो, जसका साथ उनले इटालीका लिजेन्ड पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी गरेका छन्।
रोनाल्डो विश्वकप खेल्ने इतिहासकै दोस्रो पाका आउटफिल्ड खेलाडी बनेका छन्। यसअघि क्यामरुनका रोजर मिलाले ४२ वर्ष ३९ दिनको उमेरमा सन् १९९४ को विश्वकप खेलेका थिए।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












