चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो । क्यानडाका लागि १६औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । ३९औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघि व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३–० को अग्रता लियो ।
पहिलो हाफको ३३औँ मिनेटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार १० जनामा सीमित भयो । खेलको ५५औँ मिनेटमा कतारका अर्का खेलाडी असिम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाए । कतार नौ जनामा सीमित रह्यो । ६३औँ मिनेटमा लियाम मिलरले क्यानडाका लागि गोल गरे ।खेलको ७४औँ मिनेटमा कतारले आत्मघाती गोल गर्दा स्कोर ५–० पुग्यो । खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाए । त्यसपछि क्यानडा ६–० ले विजयी भयो । जीतसँगै क्यानडाले अङ्क तालिकामा चार अङ्क जोडेको छ ।
गए राति नै समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्ड पहिलो जितसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह ‘ए’ मा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । अमेरिकाको लस एन्जलसमा रहेको सोफाइ स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको ७४औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ८४औँ मिनेटमा रुबेन वर्गास र ९० औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै टोलीको अग्रता ३–० पुर्याए ।
इन्जुरी समयमा एर्मिन माहमिकले एक गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रानिट जाकाले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई ४–१ को सहज जित दिलाए । यसअघि स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेलेको थियो । बोस्निया भने पहिलो खेलमा क्यानडासँग १–१ को बराबरीमा रोकिएको थियो । यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
खेलको पाँचौँ मिनेटमै मिखाइल सेड्लिकको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो । तर ८१ औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई थियबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले १–१ को बराबरी बनायो । बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अङ्क जोडेका छन् । विश्वकपमा आज बिहान पौने ७ बजे मेक्सिको र दक्षिण कोरिया खेल्दैछन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












