बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान ७० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डहरूमा पूर्ण वा आंशिक अवरोध देखिएको छ।
कोशी प्रदेशका तीन जिल्लामा बाढीका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङ्वरक गाउँपालिका–२ दोभानमा मध्य पहाडी लोकमार्ग बाढीले गर्दा प्रभावित भएको छ। त्यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा बाढीका कारण मेची राजमार्गमा अवरोध पुगेको छ। हाल यी तीनै स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
बागमती प्रदेशको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसैगरी, मकवानपुरको कुलेखानी-फाखेल-हुमाने-फर्पिङ हुँदै काठमाडौँ जोड्ने सडक खण्ड मर्मत कार्य भइरहेकाले आगामी एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ।
गण्डकी प्रदेशमा पहिरोका कारण दुई मुख्य सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। लमजुङको बेसीसहर नगरपालिका–६ खरखरे भिरमा खसेको पहिरोले बेसीसहर-मनाङ सडक खण्ड ठप्प पारेको छ। त्यसैगरी, नवलपरासी पूर्व को गैंडाकोट नगरपालिका-३ घोक्रफातमा आजै बिहान खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












