प्रधानमन्त्री पत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन्
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्कने क्रममा एक सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै केही मिडिया र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले यसबारे स्पष्टीकरण दिएकी हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै काफ्लेले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै भएको स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, `जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ।´
काफ्लेले नयाँ राजनीतिक शक्ति र उनीहरूका परिवारलाई पुरानै पात्रहरूसँग तुलना गरेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । ‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ’, उनी भन्छिन्, ‘विगत केही समयदेखि मलाई पुराना (श्रीमती) पात्रहरूसँग दाँजेर समाचारहरू बनाइएको छ, जुन नियोजित देखिन्छ ।’
देशको चौथो खम्बा मानिने सञ्चार माध्यमले तथ्य जाँच नगरी समाचार सम्प्रेषण गरेकोमा उनले दुःख व्यक्त गरेकी छन्। गैरजिम्मेवार ढंगले कसैको मानहानि गर्नु गैरकानुनी भएको उल्लेख गर्दै उनले पत्रकारिताको स्तर सुधारिनुपर्नेमा जोड दिएकी छन् । उनी थप लेख्छिन्, ‘सत्यता नबुझी समाचार लेख्दा कसैको प्रतिष्ठामा आँच पुग्छ। म एउटा आमनागरिकको हैसियतले यो कुरा गर्दैछु किनभने यस्ता सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा होइन।’
राजनीतिक परिवेश परिवर्तन भइरहेको अवस्थामा नेता र उनीहरूका परिवारको निगरानी हुनु स्वभाविक भए पनि गलत कुराको खेती गरेर चरित्र हत्या गर्नु निन्दनीय भएको काफ्लेको निष्कर्ष छ। उनले प्रेस काउन्सिल वा कानुनी प्रक्रियामा जान सकिने बाटो भए पनि हाललाई सचेतनाका लागि मात्र यो स्पष्टीकरण दिएको बताएकी छन् ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












