प्रधानमन्त्री पत्नी सविनाले भनिन्- सुरक्षाकर्मीले मेरो ब्याग बोकेका होइनन्
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले हालै सार्वजनिक भएको एक तस्बिरका आधारमा निर्मित समाचारको खण्डन गरेकी छन् । चितवनबाट काठमाडौँ फर्कने क्रममा एक सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै केही मिडिया र सामाजिक सञ्जालमा आलोचना भएपछि काफ्लेले यसबारे स्पष्टीकरण दिएकी हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै काफ्लेले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै भएको स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, `जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो । तर यहाँ अनेक शंका र अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ।´
काफ्लेले नयाँ राजनीतिक शक्ति र उनीहरूका परिवारलाई पुरानै पात्रहरूसँग तुलना गरेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । ‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण चाहिँ अझै उस्तै छ’, उनी भन्छिन्, ‘विगत केही समयदेखि मलाई पुराना (श्रीमती) पात्रहरूसँग दाँजेर समाचारहरू बनाइएको छ, जुन नियोजित देखिन्छ ।’
देशको चौथो खम्बा मानिने सञ्चार माध्यमले तथ्य जाँच नगरी समाचार सम्प्रेषण गरेकोमा उनले दुःख व्यक्त गरेकी छन्। गैरजिम्मेवार ढंगले कसैको मानहानि गर्नु गैरकानुनी भएको उल्लेख गर्दै उनले पत्रकारिताको स्तर सुधारिनुपर्नेमा जोड दिएकी छन् । उनी थप लेख्छिन्, ‘सत्यता नबुझी समाचार लेख्दा कसैको प्रतिष्ठामा आँच पुग्छ। म एउटा आमनागरिकको हैसियतले यो कुरा गर्दैछु किनभने यस्ता सानोतिनो अल्झनमा अल्झिने मेरो समय र प्रतिष्ठा होइन।’
राजनीतिक परिवेश परिवर्तन भइरहेको अवस्थामा नेता र उनीहरूका परिवारको निगरानी हुनु स्वभाविक भए पनि गलत कुराको खेती गरेर चरित्र हत्या गर्नु निन्दनीय भएको काफ्लेको निष्कर्ष छ। उनले प्रेस काउन्सिल वा कानुनी प्रक्रियामा जान सकिने बाटो भए पनि हाललाई सचेतनाका लागि मात्र यो स्पष्टीकरण दिएको बताएकी छन् ।
Comments
अरु समाचार
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
कक्षा १२ को नतिजाप्रति विद्यार्थी असन्तुष्ट, माइतीघरमा प्रदर्शन
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।...
-
भेनेजुएलामा ७.५ म्याग्निच्युड सम्मका दुई शक्तिशाली भूकम्प
काराकास, असार ११ गते । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
श्रीराम टोबाकोको सेयर कारोबार नै विष्णु पौडेललाई थुन्ने आधार : सरकारी वकिल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्नुपर्ने विभिन्न आधारहरू सार्वजनिक भएका छन्। विभागका तर्फबाट मंगलबार...
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
मौसम : कतै तातो लहर, कतै मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ- हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी...











