विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले खेलमा तेस्रो पल्ट लिएको अग्रतालाई जितमा परिणत गरेको हो । केप भार्डेले यसअघि दुई पल्ट पडाडि रहेको स्थितिबाट प्रभाशाशाली प्रदर्शन गर्दै खेल बराबरीमा ल्याएको थियो । हारपछि भने अब केप भार्डे गर्विलो प्रदर्शनसँगै घर फर्कनेछ ।
लियोनल मेसीले २९ औं मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । केप भार्डेले ५९ औं मिनेटमा बराबरी गोल फर्कायो र डेरोय डुर्टेको नाममा रह्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा समाप्त भएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो । लिसान्ड्रो मार्टिनेजले ९२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई दोस्रो पल्ट अग्रता दिलाए । तर यो पनि कायम रहेन र खेलको १०३ औं मिनेटमा सिन्डी लोपेसले केप भार्डेका लागि उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यही स्थितिमा १११ औं मिनेटमा भार्डेको पोस्टमा सुसाइड गोल हुन पुग्यो । सुरुमा रोमेरोका नाममा गोल दिइए पनि पछि उक्त गोललाई सुसाइड दिइएको हो । त्यही गोल नै अर्जेन्टिनाका लागि जितको आधार बन्यो । अब अर्जेन्टिनाले अन्तिम १६ मा प्रवेशका लागि इजिप्टको सामना गर्ने । यसअघि इजिप्टले टाइब्रेकरमा अस्ट्रेलियालाई पराजित गरेको थियो ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...












