कर्णाली दुर्घटनापछि उद्धारमा ढिलाइबारे संसदमा सरकारलाई प्रश्न, रुलिङ गर्न माग
काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा यात्रुवाहक सवारीसाधन दुर्घटनामा परेको घटनापछि उद्धार तथा सरकारी सक्रियतामाथि प्रतिनिधिसभामा प्रश्न उठेको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको घटनाबारे सरकारले हालसम्म स्पष्ट जानकारी सार्वजनिक नगरेको भन्दै असन्तुष्टि जनाए।
उनले विपद्का बेला राज्य प्रभावकारी रूपमा परिचालित हुन नसकेको टिप्पणी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धार कार्यमा भएको ढिलाइको छानबिन गर्न तथा जिम्मेवार निकायको जवाफदेहिता सुनिश्चित गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गरे।
बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि दुर्घटनाबारे सरकारले शीघ्र आधिकारिक जानकारी उपलब्ध गराउनुपर्ने बताइन्। कर्णाली क्षेत्रमा राज्यको पर्याप्त ध्यान नपुगेको उल्लेख गर्दै उनले कर्णाली राजमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरिन्।
असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरणः दुई पूर्वमन्त्रीसहित १४ दोषी, ७ जनाले पाए सफाइ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर...
-
संविधान संशोधन बहसपत्र निर्धारित समयमै बुझाइने, तीन दलले छाडे कार्यदल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य...
-
आज साँझ ५ बजे न्याय परिषद्को बैठक बस्दै, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना न्यून
काठमाडौं । प्रधानन्यायाधीश पदमा मनोज शर्मा नियुक्त भएपछि न्याय परिषद्को दोस्रो बैठक आज साँझ बस्दैछ । प्रधानन्यायाधीश शर्माले कार्यभार सम्हालेपछि...
-
सभामुखद्वारा संसदमा उठेका प्रश्नको जवाफ र विपद् तयारीबारे जानकारी गराउन सरकारलाई निर्देशन
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधि...
-
सरकारका सय दिने उपलब्धि: मन्त्रालय घटाउँदा मात्रै २० अर्ब बचत
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...
-
संखुवासभामा जन्मिएका सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
काठमाडौं। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गरेको छ। कार्की दुईदेखि सर्वोच्च अदालतमा रजिस्टार...
-
मन्त्रीसँगै सचिवालय सदस्य हेरफेरको तयारीमा प्रधानमन्त्री, विवाद सतहमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा सम्भावित हेरफेरसँगै आफ्नै सचिवालय पुनर्गठन गर्ने तयारी गरेको खबर बाहिरिएको छ । मन्त्रिपरिषद् र...
-
नेपाल प्रहरीका आठ एआईजीको सरुवा, विभिन्न विभागमा नयाँ जिम्मेवारी
काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । बिहीबार (असार १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को...
-
मन्त्रीपरिषद् बैठकले गर्यो १० मुख्य निर्णय (सूचीसहित)
काठमाडौँ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित...











