परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका अध्यक्षद्वयलाई सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र प्रदान गरेका हुन्।
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै नियामक निकायका अध्यक्षलाई बधाइ दिँदै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा अध्यक्ष पदका लागि छनोट गरेको उल्लेख गर्दै उनले सूचना तथा सञ्चार क्षेत्रको विकासमा नियामक निकायको भूमिका प्रभावकारी हुनुपर्ने बताए। उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
सञ्चारमन्त्री तिमिल्सिनाले वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै तिनको पहिचान र नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेको बताए। सञ्चार क्षेत्रलाई सुदृढ बनाउन काउन्सिलले सकारात्मक हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिए।
उनले पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल जारी रहेको बताए। क्षमता अभाव भएका संस्थाले प्रभावकारी रूपमा काम गर्न नसक्ने उल्लेख गर्दै प्रेस काउन्सिललाई थप सक्षम, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। दूरसञ्चार क्षेत्रको महत्व उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नागरिकको हित र सेवाको गुणस्तरलाई केन्द्रमा राखी अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सुझाव दिए। आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन समयानुकूल संशोधन हुन नसकेको उल्लेख गर्दै त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारितामा स्वनियमन प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए। सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा काउन्सिल सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।
नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान गर्दै सेवा विस्तार, सुशासन र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कानुन, नीति र नियमको परिधिभित्र रहेर नागरिकमुखी, उत्तरदायी तथा प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणका लागि सरोकारवाला निकायसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने उनले बताए।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...












