ताजा समाचार

बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’

लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ।

तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन देन उक्याबकी छोरी यांकी सीईओ बनेकी हुन्।

२०६४ मा तत्कालीन माओवादीवाट संविधानसभा सदस्य समेत बनेका जोन देनकी छोरी पनि नेपो बेबी नै रहेको खुलेको हो। नेपो किड भन्दै उछितो काढ्ने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपोकिड भन्दा अन्यलाई रोज्ने अपेक्षा गरिएको थियो। तर, यस्तो हुन सकेन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग निकट सम्बन्ध रहेकी यांकी ओलाङचुङगोला निवासी हुन्। तर, उनले आफ्नो बाल्यकाल भने काठमाडाैंमै विताएको उल्लेख गर्ने गरेकी छन्।

राजाको शासनदेखि नेपोकिडको विरोध गर्ने रास्वपा नेतृत्वको सरकारले समेत यांकीजस्ता पात्रलाई नै जिम्मेवारी दिएपछि चासो र प्रश्नहरु भने उठेका छन्।

उसोतः वालेन्द्र सरकारले बारबरा फाउन्डेसनका मान्छेलाई धमाधम नियुक्त हुँदै गरेका छन्। सन्दुक रुइत र बारबरा फाउन्डेसनमाथि गम्भीर आरोप लागिरहेको बेला यांकीको नियुक्तिलाई समेत अर्थपूर्ण मानिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org