को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले उनको स्थानमा शर्मालाई गृहसचिवका रूपमा ल्याउने निर्णय गरेको हो ।
२०४५ साल जेठ ३० गतेदेखि सरकारी सेवामा प्रवेस गरेका शर्मा गृह प्रशासन बुझेका अनुभवी सचिवका रुपमा चिनिन्छन् । मोरङ, काठमाडौंलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी भइसकेका शर्मा गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा महाशाखा प्रमुख पनि भइसकेका छन् । शान्ति सुरक्षा महाशाखालाई गृह प्रशासनकै महत्वपूर्ण महाशाखाका रुपमा लिइन्छ ।
आगामी २०८४ सालको असार १ गते ५८ वर्षे उमेर हदका कारण शर्मा सेवानिवृत हुनेछन् । देशको विषम परिस्थितिका बेला सबै व्यवस्थापन गृह मन्त्रालयले लिनुपर्ने भएकाले शर्माले सहजरुपमा जिम्मेवारी सम्हाल्ने सरकारले विश्वास लिएको छ । सचिवमा बढुवा भएपछि शमाले कोशी प्रदेशको प्रमुख सचिव, भूमी सुधार मन्त्रालय सचिवको जिम्मेवारी सम्हाले । यसैगरी गृहसचिवको जिम्मेवारी दिइनुअघि उनी रक्षा मन्त्रालयको सचिवको रुपमा कार्यरत थिए ।
गृहसचिवमा जिम्मेवारी पाउन लागेका शर्मा प्रशासन र सुरक्षा क्षेत्रका अनुभवी प्रशासक मानिन्छन्। उनले यसअघि गृह मन्त्रालय तथा मातहतका विभिन्न निकायमा रहेर लामो समय काम गरिसकेका छन् । हाल उनी रक्षा सचिवका रूपमा कार्यरत छन्।
गृह मन्त्रालयमा शर्मा आउनुलाई सुरक्षा प्रशासनको अनुभव भएका सचिवको जिम्मेवारीमा आगमनका रूपमा हेरिएको छ । गृहसचिवले गृह प्रशासनसँगै आन्तरिक सुरक्षा, शान्ति–सुरक्षा, प्रहरी तथा सशस्त्र प्रहरीसँगको समन्वय र विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ ।
शर्माको अब्बल क्षमताका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सचिव पदको जिम्मेवारी दिन खोजेको थियो । हालसम्म पनि अख्तियारको सचिव पद खाली नै छ । भदौ १३ र १४ गते सार्वजनिक बिदा परेकाले गृहसचिवको जिम्मेवारी सहज रूपमा हस्तान्तरण गर्न सरकारले शुक्रबार नै शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो । यद्यपि, भदौ १५ गतेसम्म भने हालका गृहसचिव श्रेष्ठले नै मन्त्रालयको काम सम्हाल्नेछन् ।
हालका गृहसचिव राजकुमार श्रेष्ठ पनि उत्कृष्ट काम गर्नेमा पदाधिकारीका रुपमा गनिन्छन् । २०२७ साल मंसिर १९ गते जन्मिएका श्रेष्ठ ५५ वर्षे सेवा अवधि पूरा भएपछि यही भदौ १६ गतेदेखि घर जाँदैछन् । श्रेष्ठले मुलकको विषम परिस्थितिमा गृहप्रशासन सम्हालेर शान्तिपूर्ण किसिमले निर्वाचन गराउन सफल भएर आफ्नो क्षमता प्रस्तुत गरेका छन् । श्रेष्ठले आजका दिनसम्म पनि जागिरको जिम्मेवारी सम्हाल्दा विवादरहित किसिमले काम गरेर अघि बढिरहे ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












