रसुवा–नुवाकोट बाढी क्षतिको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई
काठमाडौं । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ।
एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा २० सदस्यीय टोलीले रसुवा र नुवाकोटका बाढी तथा पहिरोबाट प्रभावित र क्षतिग्रस्त क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्दै तत्काल उद्धार तथा राहतका लागि आवश्यक पहल र सरकारले गर्नुपर्ने कामबारे प्रतिवेदन तयार पारेको हो।
पार्टी मुख्यालय च्यासलमा आज आयोजित कार्यक्रममा अध्ययन टोलीले तयार पारेको प्रतिवेदन अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो। प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने राहत तथा उद्धारका कामका साथै सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने कार्यहरूबारे सुझाव समेटिएको एमालेले जनाएको छ।
त्यस्तै, एमालेका विभिन्न जनसंगठनका नेता तथा कार्यकर्ता बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा सहयोगका कार्यमा निरन्तर खटिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
Comments
अरु समाचार
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भोटेकोशी बाढी प्रभावित ११ हजारभन्दा बढीको उद्धार, तीन हजार ९२५ जना सम्पर्कविहीन
काठमाडौँ। बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...
-
बाढी प्रभावितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने इप्पानको निर्णय, उद्धार कोषमा कुन समूहले कति जम्मा गरे ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५...
-
प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति नगरौं : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको यस कठिन घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ।...
-
रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा...
-
चितवनमा शव व्यवस्थापनबारे कोशहरी निरौलाको सुझाव : ‘हतार गरेर नगाडौं, लासको सम्मानपूर्वक सद्गत गराउन केही समय धैर्य गरौं’
काठमाडौं । भोटेकोशी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव हतारमा व्यवस्थापन गरिएको भन्दै नेपाल सरकारका वरिष्ठ अधिकारी कोशहरी निरौलाले यस...
-
इरानमाथि अमेरिकाको कडा आर्थिक दबाब, राष्ट्रिय हितमा सम्झौता नगर्ने अडानमा इरान
काठमाडौं । अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले...












