चीनबाट दोस्रो चरणको बाढी राहत सामग्री नेपाल आइपुग्यो, ५ डीएनए विज्ञ पनि आए
काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। राहत सामग्रीसँगै डीएनए पहिचानसम्बन्धी पाँच जना चिनियाँ विज्ञ पनि नेपाल आएका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार सेप्टेम्बर १ अर्थात् मंगलबार साँझ करिब ५:३० बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
उक्त विमानबाट नेपालका लागि चिनियाँ सहायता विज्ञ टोलीको तेस्रो समूहका रूपमा पाँच जना डीएनए पहिचान विज्ञ पनि काठमाडौं आइपुगेका छन्। राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। उनीहरूले राहत सामग्री ग्रहण गर्नुका साथै नेपाल आएका चिनियाँ विज्ञ टोलीलाई स्वागत गरेका थिए।
चीनले नेपालको आवश्यकताका आधारमा तत्काल आवश्यक सामग्री पठाएको दूतावासले जनाएको छ। राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षण उपकरण तथा अभिकर्मक, पानी शुद्धीकरण उपकरण र प्रकाशका उपकरणलगायत सामग्री छन्। नेपाल आइपुगेलगत्तै चिनियाँ डीएनए पहिचान विज्ञ टोली बाढी प्रभावित क्षेत्रमा खटिने दूतावासले जनाएको छ। टोलीले विपद् क्षेत्रमा नेपालका सम्बन्धित निकायलाई डीएनए परीक्षण तथा पहिचानसम्बन्धी काममा सहयोग गर्नेछ।
नेपालमा विनाशकारी बाढीपछि चीनले राहत सामग्री तथा प्राविधिक विज्ञ टोली पठाएर खोज, उद्धार र प्रभावितको पहिचानका काममा सहयोग गर्दै आएको छ।
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...












