बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, राहत कोषमा करिब आठ अर्ब रुपियाँ
काठमाडौँ । रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउनेक्रम बढ्दै गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार राहत कोषमा बुधबारसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपियाँ जम्मा भएको छ । जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब निकासा गरिएको थियो।
त्यसमध्येबाट छ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ। उक्त कोषमा हाल छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ। रासस
Comments
अरु समाचार
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ जना अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन...
-
पार्टीलाई ‘फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’ प्रति सचेत रहन अपिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष...
-
जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी, अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइयोः प्रम बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने...
-
चीनबाट दोस्रो चरणको बाढी राहत सामग्री नेपाल आइपुग्यो, ५ डीएनए विज्ञ पनि आए
काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। राहत...
-
भोटेकोशी बाढीः उद्धार तथा राहतका लागि ७,९९२ प्रहरी, वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म...
-
बुधबार प्रतिनिधिसभाको बैठक, सभामुखले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो १ बजे बैठक...












